एसईइ पछिका बिर्ज कोर्सहरु अब अन्लाईनबाटै सुरु गर्दै पिइए एजुकेशन

बुटवल । उत्कृष्ट नतिजालाई निरन्तरता दिंदै आएको पिईए एजुकेश्नल ईन्स्टिच्युटले एसईई पछिको अनलाईन बृज कोर्स कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित रुपन्देहीको बुटवल भुड्की चोकमा रहेको ईन्स्टिच्युट प्रा.लिले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै एसईई पछिको अनलाईन बृज कोर्स कक्षा सञ्चालन गर्ने सञ्चालक प्रितम भुसाल र पवन शाहले बताएका छन् । कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी ब्रिज कोर्ष तथा ईन्ट्रान्स तयारीका अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको ईन्स्टिच्युटले जानकारी दिएको छ ।

एस.ई.ई. पछि अध्ययन गरिने विभिन्न विधाका ब्रिज कोर्ष पढ्न नपाउदा यतिबेला विद्यार्थीहरु चिन्तित अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी पिईए एजुकेश्नल ईन्स्टिच्युटले अनलाईन कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । काठमाण्डौ तथा बुटवलका बिषय विज्ञ शिक्षकहरुद्धारा कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई जोडिन ईन्स्टिच्युटले आग्रह गरेको छ ।

विगत ५ बर्ष देखि शैक्षिक क्षेत्रमा पिईए एजुकेश्नल ईन्स्टिच्युटले उल्लेखनीय योगदान गर्दै आएको छ । थप जानकारि को लागि ९८५१२४३९३८ , ९८०४४०१३८०

 
 
  
 

You may also like