दार्चुलामा पहिरो : २ को मृत्यु , ५ घाउते

दार्चुला । दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ ।नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महताको उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताउनुभयो ।

आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरो ले अन्य ३ घरमा पनि क्षति पुराएको उहाले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like