सैनामैनामा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु

बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना कलौनि कपिलबस्तुबाट बुटवल तर्फ जाँदै गरेको लु २ च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट आइरहेको गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार सैनामैना वडा न.१ बस्ने वर्ष ३० का सन्तोष परियार र मोटरसाइकलमा सवार उनका बुबा ५० वर्षिय टेक बहादुर  परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यू भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवै जना बाबु छोरा हुन् ।

 
 
  
 

You may also like