समसामयिक कथामा आधारित लघुचलचित्र चेलीको कथा-४ सार्वजनिक ( भिडियो )

बुटवल ।  लघुचलचित्र कथा चेलिको भाग – ४ सार्वजनिक भएको छ । श्रीनगर  फिल्म युतुव च्यानलमा सार्वजनिक भएको उक्त लघु चलचित्र कोरोना महामारी , वैदेशिक रोजगारीमा भोग्नु परेको समस्या , सासु बुहारी बीचको सम्बन्धलाई लिएर चलचित्र निर्माण गरिएको प्रदिप गौतमले जानकारी दिए ।

लघुचलचित्रमा कलाकारहरु  चिरन बराल,बिष्णु श्रेष्ठ ,प्रदिप गौतम,सागर खनाल,इरा भट्टराई,मेनुका थापा मिना पराजुलीले अभिनय गरेका छन भने निर्देशन सम्पादन छायांकन मनिष पन्तले गरेका छन प्रकाश  ध्वनि र सहायक छायांकनमा अभिषेक तिवारीले  गरेका छन । कथा चेलिको भाग १/२/३ ले राम्रो चर्चा पाएसँगै चेलीको ब्यथा – ४ निर्माण भएको हो  ।

भिडियो :

 
 
  
 

You may also like