गुल्मी समाज युकेले गर्यो स्वास्थ्य सामग्री सहयोग

गुल्मी । कोरोनाको महामारीबाट सावधानी अपनाउनका लागि गुल्मी जिल्ला समाज युकेले जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई ७ लाख ५० हजार मुल्य बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्ला सदरमुकाम तम्घास स्थीत आइसोलेसन सेन्टर सहित पाँचवटा स्थानीय तहका स्वास्थ्य केन्द्रलाई अत्याधुनिक स्वाब संकलन क्लिनिक कक्ष सहितका सामग्रि सहयोग गरेको हो ।

स्थानीयतह अन्र्तगत रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य केन्द्रलाई एक÷एक थान अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको हो । समाजको तर्फवाट गुल्मी जिल्लाका अन्य सातवटा स्थानीय तहलाई समेत कोरोना बिरुद्ध प्रयोग गरिने २०÷२० थान पीपीइ सेट र दुईदुई थान थर्मलगन समेत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । गुल्मी अस्पताललाई पनि समाजको तर्फवाट २० थान पीपीइ सेट र दुई थान थर्मलगन प्रदान गरिएको थियो ।

त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई एक÷एक थान केएन नाइन्टीफाइप माक्स प्रदान गरिएको थियो । समाज मार्फत प्राप्त सवै सामग्रीहरु गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेका थिए ।

गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्लाका सवै किसिमका बिपद्हरुमा समाजको तर्फवाट विगतमा धेरै सहयोग पुराउँदै आएको बताए । सामग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभुमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनीय भएको भन्दै गुल्मी जिल्ला समाज युकेलाई विषेश धन्यबाद व्यक्त गरेका थिए ।

गुल्मी जिल्लामा घरभई बेलायतमा बसोवास गर्दै आईरहेका नेपालीहरुले सन २००७ मा सामाजिक कार्यका लािग गुल्मी जिल्ला समाज यूकेको स्थापना गरेका हुन् ।

अपडेट : 2020-06-25 18:02:40

 
 
  
 

You may also like