सैनामैना नगरपालिकाद्वारा ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैँयाको बजेट सार्वजनिक

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैँयाको बजेट सावर्जनिक गरेको छ ।नगरको सातौ नगरसभामा सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले आगामी आर्थिक बर्षको बजेट बुधबार सावर्जनिक गर्दै चालु खर्च तर्फ ४५ करोड ९९ लाख ७० हजार ५ सय ४६ र पूँजीगत खर्च तर्फ २४ करोड ८४ लाख ७ हजार रहेको बताउनुभयो ।

गत बर्ष ९० करोड बढीको बजेट ल्याएको नगरपालिकाले यस बर्ष भने ७० करोड बढीको बजेट ल्याएको हो । यस बर्ष गत बर्षको तुलनामा करिब २० करोडले कमी हो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुुसार यस बर्ष कोरोना भाइरसका कारणले लकडाउनको अवधीमा राजश्व नउठ्नु, केन्द्रिय बजेट नै गतबर्षको तुलनामा कमी हुनु लगायतका विविध कारणहरुले यस बर्षको बजेटको आकार घटेको उल्लेख गर्नुभयो ।

नगरपालिकाले ल्याएको बजेट कोरोना भाइरस कोभिड –१९ केन्द्रित छ । उपप्रमुख रानाले प्रस्तुत गरेको बजेटमा विद्यमान कोरोना भाईरसको महामारीबाट आम नगरबासीलाई सुरक्षित गर्नका लागि स्वास्थ्य तथा सरसफाईको क्षेत्रलाई उच्च प्रथामिकतामा राख्दै ७ करोड ९ लाख ७३ हजार ६ सय रुपैँयाको बजेट बिनियोजन गरिएको छ । त्यस्तै बजेटमा शिक्षालाई प्राथमिकता दिइएको छ । शिक्षा तर्फ १९ करोड ९४ लाख छ । जसमा नगरपालिका स्रोतबाट २ करोड ३ लाख र संघीय सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत १८ करोड ३८ लाख रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान ५५ करोड ९४ लाख ८७ हजार २ रुपैया, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख रुपैँया र आन्तिरक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ रुपैँया आयको अनुमान गरिएको उप्रमुख रानाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

त्यसैगरी सैनामैना नगरपालिकामा रहेका ११ वटा वडाका लागि ५ करोड ६१ लाख ३६ हजार ९ सय २८ रुपैँया बजेट बिनियोजन भएको छ । जस मध्ये वडा नं १ को लागि रु. ६६ लाख २५ हजार ४ सय ७१ , वडा नं. २ को लागि रु. ४० लाख ७१ हजार ८ सय ३१ , वडा नं. ३ को लागि रु. ३८ लाख ९४ हजार ५ सय ९०, वडा नं.४ को लागि रु. ५३ लाख २३ हजार १ सय ३५ , वडा नं. ५ को लागि रु. ५९ लाख १७ हजार ३ सय २९, वडा नं. ६ को लागि रु. ६१ लाख ४३ हजार २ सय १५ बजेट बिनियोजन भएको छ ।

त्यसै गरी वडा नं.७ को लागि रु. ३५ लाख ८८ हजार ७८ रुपैया, वडा न.ं ८ को लागि रु. ३५ लाख ८७ हजार ८ सय ४२, वडा नं. ९ को लागि रु.४७ लाख ६० हजार ८ सय ७७ , वडा नं. १० को लागि रु. ६५ लाख २१ हजार ५ सय ९५ र वडा नं. ११ को लागि रु. ५७ लाख २ हजार ९ सय ६३ गरी जम्मा ५ करोड ६१ लाख ३६ हजार ९ सय २८ बजेट नगरले छुट्याएको छ ।

स्वास्थ्य तथा सरसफाई तर्फ

विद्यमान कोरोना भाईरसको महामारीबाट आम नगरबासिलाई सुरक्षित गर्नको लागि स्वास्थ्य तथा सरसफाईको क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ७ करोड ९ लाख ७३ हजार ६ सय रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

नागरिकहरुलाई योगाभ्यास र शारीरिक व्यायमसहितको जीवनपद्धति अपनाउन प्रेरित गर्न पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयमा व्यायमशाला तथा योग केन्द्र स्थापना गर्न भारतीय दुतावासको सहकार्यमा रु २ करोड ८० लाख बजेटको व्यवस्थापन गरिएको छ । सामुदायिक र संस्थागत विद्यालयमा कम्तिमा ७ दिनको योगको आधारभूत कक्षा कार्यक्रम सञ्चालन गर्न १८ लाख विनियोजन गरिएको हो ।

स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप वडा नं. ४ मुर्गियामा सुविधा सम्पन्न १५ शैयाको अस्पतालको निर्माण गर्नका लागि बजेट व्यवस्थापन गरिएको छ । त्यस्तै सालझण्डी र दुधराक्ष स्वाथ्य चौकिमा ल्याब सञ्चालन गर्न ६ लाख विनियोजन भएको छ । सुत्केरी पोषण कोशेली कार्यक्रमका लागि ४ लाख र २४ घण्टे प्रसुती सेवा सञ्चालन र व्यवस्थापनको लागि आवश्यक बजेटको विनियोजन गरिएको छ ।
महिला स्वास्थ्य स्वयंम सेविकाको प्रोत्साहन स्वरुप १ लाख ७२ हजार ८ सयसेविका अक्षय कोषमा १ लाख थपिएको छ ।

सरसफाईमा उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्न रु १ लाख १० हजार विनियोजन गरिएको हो । सरसफाई तथा स्वच्छता मैत्री नगरपालिका बनाउनको निम्ति १० लाख रहेको छ । नगरपालिकाभित्र स्वच्छता कायम राख्न फोहोरमैला व्यवस्थापन कोषमा रु. ४० लाख रकम विनियोजन गरिएको छ ।

शिक्षा

शिक्षा तर्फ १९ करोड ९४ लाख बजेट विनियोजन भएको छ । जसमा नगरपालिका स्रोतवाट २ करोड ३ लाख र संघीय सरकारवाट वित्तीय हस्तान्तरण अन्तर्गत रु १८ करोड ३८ लाख रहेको छ । कोभिड १९ को महामारीका कारण शिक्षण सिकाइ क्रियाकलापवाट बन्चित हुन पुगेका वालवालिकाहरुलाई बैकल्पिक प्रणालीवाट सिकाइ सहजिकरण गर्ने व्यवस्थाका लागि ८ लाख विनियोजन गरिएको छ ।

सिप हस्तान्तरण गर्ने व्यवस्थाका लागि ६ लाख ४० हजार रुपैँया, कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम निर्माणका लागि १ लाख ५० हजार छुट्याएको छु । शैक्षिक गुणस्तर अभिवृद्धि गरी विद्यार्थी मूल्याङ्कनलाई विश्वासनीय वनाउन कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा संचालनको लागि २१ लाख वजेट छ ।

विद्यार्थी प्रतिभा पहिचान, नगरको शैक्षिक क्यालेण्डर निर्माण र प्रधानाध्यापक वैठक संचालनको लागि ८ लाख २० हजार विनियोजन भएको छ ।

विद्यालहरुको भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर सुदृढिकरण तथा कार्यसम्पादनमा आधारित अनुदान कार्यका लागि लागि संघीय सरकारवाट वित्तीय हस्तान्तरण अन्तर्गत रकम रु २ करोड ६२ लाख ५३ हजार वजेट व्यवस्थापन गरिएको छ ।

कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्न १० लाख ५० हजार वजेट विनियोजन गरिएको छ ।

सामुदायिक विद्यालयका साना कक्षाहरुलाई बालमैत्री कक्षा व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु । विद्यालयमा एउटै रङ्कोड हुनेगरी रङरोगन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसको लागि रु १५ लाख ५० हजार वजेट विनियोजन गरिएको उपप्रमुख रानाले प्रस्तुत गरेको बजेमा उल्लेख छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने आधारभूत तहका सम्पूर्ण छात्रा तथा दलित विद्यार्थीहरुलाई, छात्रवृत्ति तथा निशुल्क पाठ्यपुस्तक उपलव्ध गराइने छ, यसको लागि संघीय सरकारवाट वित्तीय हस्तान्तरण अन्तर्गत रु १ करोड ७४ लाख ४९ हजार वजेट विनियोजन गरिएको छ ।

विद्यालय पढने उमेर नाघेका र प्राविधिक शिक्षा आर्जन गर्न चाहने युवालाई प्राविधिक तथा व्यवसायिक सीप प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिनको लागि रु ६५ लाख बजेट छुट्याएइको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा छात्रवृति प्रदान गरी सीप सिक्ने अवसरलाई निरन्तरता दिन ६५ लाख बजेट विनियोजन भएको छ ।

आर्थिक विकास

कृषि तथा पशु विकास र समग्र आर्थिक विकासको लागि ४ करोड ७६ लाख २० हजार बजेट विनियोजन भएको नगरप्रमुख रानाले बताउनुभयो ।

“भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्ने प्रबन्ध मिलाईने भएको छ । समग्र टोल विकास संस्थालाई अनुदान स्वरुप १७ लाख ५५ हजार बजेट विनियोजन भएको छ ।

एक स्थानिय तह एक उत्पादन कार्यक्रम र नगरपालिका स्तरिय कोशेली घर लगाएतका अन्य कार्यक्रमहरु सञ्चालनको लागि ६८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ ।

एकिकृत भई आएका सहकारी मार्फत बेरोजगार युवा तथा महिलालाई आत्मनिर्भर बनाउन यूयनडिपिको सहकार्यमा नगरपालिकाको तर्फबाट १ करोड विनियोजन गरेको छ ।

किसानलाई अर्गानिक खेतीमा आत्मनिर्भर बनाउन सबै वडामा कृषक एकिकृत शत्रुजीव व्यवस्थापन आईपिएम पाठशाला सञ्चालन गर्नको लागि रु. ११ लाख रकम बजेट छट्याइएको छ ।

राष्ट्रिय र स्थानिय महत्वका खाद्य र पोषण सुरक्षा र बाख्राको साना व्यवसायको पकेट विकास कार्यक्रम सञ्चालन गर्न रु. ३५ लाख विनियोजन गरिएको छ । माटो सुधारका कार्यक्रमलाई निरन्तरता दिईएको छ । ५० प्रतिशत अनुदानमा कृषी यन्त्र उपकरण वितरण, साना सिँचाई कार्यक्रम, धान, मकै, गँहु, च्याउ र पुष्प सिडकिट वितरणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

हिउँदे अनुदानका लागि १२ लाख ५० हजार विनियोजन गरिएको छ । त्यस्तै साझेदारिमा गाई तथा बाख्रा प्रवर्दन गर्न कार्यक्रमको लागि नगरपालिकाको तर्फबाट १६ लाख बजेट विनियोजन भएको छ ।

पशुधन सुरक्षण कार्यक्रम बीमामा रु ७ लाख, गाई भैसी, बाख्रा भेडा, वंगुरमा खोप सञ्चालन गर्न रु ७ लाख २५ हजार विनियोजन भएको छ ।

ामाजिक सुरक्षा तथा संरक्षण कायम गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचिकृत भएका बेरोजगार व्याक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराउन संघीय सरकारमार्फत ५१ लाख ७० हजार रुपैँया बजेटको व्यवस्थापन गरिएको छ ।

भौतिक पूर्वाधार विकास

चालु आर्थिक वर्षमा ठेक्का लागेका र सम्झौता भएका तर कोभिड १९ को कारणले समयमा सम्पन्न हुन नसकेका सशर्त तर्फका आयोजनालाई नियमानुसार म्याद थप गरि सम्पन्न गर्ने गरी रु. २ करोड ७५ लाख बजेट विनियोजन भएको छ । आर्थिक बर्षमा सडक स्तरोन्नतीका योजनाको न्यूनतम ७५ प्रतिशत बजेट सुनिश्चित गरिएको बजेटमा उल्लेख छ ।

संघीय सरकारको साबिक राष्ट्रिय प्राथमिकता प्राप्त योजना र प्रदेश सरकारबाट कार्यन्वयन भइरहेको सैनामैना नगरपालिकाको गौरवको रुपमा रहेको सैनामैना चक्रपथमा पर्ने बाकि पुलहरुको निर्माण गर्न, सैनामैना चक्रपथको न्यूनतम २० किलोमिटर सडक कालोपत्रे गर्न र बाकि रहेको सम्पूर्ण सडक खण्डमा सबबेस गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

भारतीय राजदुतावासको साझेदारीमा रामापुर क्याम्पसको पूर्वाधार निर्माणको लागि रु. ५ करोड ११ लाख , तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत विपन्न तथा गरिब व्यक्तिहरुको एकीकृत आवास निर्माणको निरन्तरताका लागि ५५ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको प्रस्तुत गरकेको बजेमा उल्लेख छ । प्रदेश सरकारको बहुवर्षीय योजनाको रुपमा रहेको वडा नं ९ मा अत्याधुनिक यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टर निर्माण गर्न १४ करोड रुपैँया बजेटको व्यवस्था गरिएको हो ।

संघीय सरकारको विशेप अनुदान अन्तर्गत पर्रोहा मा.वि को नमूना विद्यालय भवन निर्माणको लागि ३ करोड ९३ लाख बजेट छुट्टिएको छ । त्यसैगरी नगरपालिकाको पूजिँगत बजेटको न्युनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा संभार गर्ने कार्यको लागि विनियोजन गर्ने नितिअनुरुप सडक मर्मत संभार कोषमा रु. १ करोड २० लाख विनियोजन भएको छ । सडक बोर्डको लागत सहभागितामा १३ लाख ५० हजार र सडक बोर्डबाट प्राप्त हुने ३५ लाख गरी सडक मर्मत संभारमा जम्मा १ करोड ६८ लाख ५० हजार रकम छुट्याइएको छ ।

नेपाल सरकार मार्फत पूर्व–पश्चिम लोकमार्गको बुटवल–सालझण्डी खण्डमा ६ लेनको सडक विस्तार गरी प्रक्रिया पुरा गरी निर्माण कार्य अगाडी बढाउनने व्यवस्था मिलाएको रानाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

संघीय सरकारमार्फत पर्यटन प्रवर्धनको लागि कोशेढुङ्गाको रुपमा रहेको सैनामैना वडा नं। ३ मा अवस्थित लामीरह बहुउद्देश्य बाधको म्एच् निर्माणको लागि रु। ७० लाख बजेटको व्यवस्था मिलाएको छु ।

कर्साघाट शवदाह गृह र वडा नं. ९ गुरुङ्गडाँडामा रहेको सामाजिक संस्कार स्थललाई थप व्यवस्थित गर्न कुल जम्मा रु.७ लाख र सालझण्डीमा सार्वजनिक शौचालय निर्माणको लागि १३ लाख बजेट बिनियोजन भएको छ ।

आगामी आर्थिक बर्ष भित्रै नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्नको लागि ५० लाख, लम्टैयामा निर्माणाधिन औद्योगिक ग्रामको दोस्रो चरणको निर्माण कार्य सम्पन्न गर्न रु. २० लाख बजेट विनियोजन भएको छ ।

युवा तथा खेलकुद

युवा तथा खेलकुद मार्फत सामाजिक विकास गर्नको लागि युवा तथा खेलकुदमा १ करोड ९४ लाख बजेट व्यवस्था गरिएको नगर उपप्रमुख बिना रानाले बताउनुभयो । उहाँले “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” अभियानलाई सार्थक बनाउन पशुपति मा।वि मा खेलमैदान तारबार, महरेहवा देवि आधारभुत विद्यालयमा खेलमैदान स्तरोन्नति तथा सैनामैना ४ मुर्गियामा फुटबल स्टेडियम स्तरन्नोतिको लागि कुल ५५ लाख विनियोजन गरिएको छ ।

संघीय सरकारमार्फत विनियोजित १ करोड १० लाख बाट वडा नं. ७ लमटैयामा प्रारम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि व्यव्स्था मिलाइएको छ । नगरस्तरीय मेयर कप र नगरस्तरीय खेल सप्ताहका लागि १८ लाख र युवा प्रतिभा पहिचान र प्रोत्साहनको लागि संघीय सरकारमार्फत ११ लाख बजेट व्यवस्था भएको छ ।
वन,वातावरण तथा विपद व्यवस्थापन

सामुदायिक वनको संरक्षण र विकास गर्नको लागि सामुदायिक वनमा तारवार गर्न संघीय सरकारबाट रु. ६० लाख र नगरपालिकाबाट ४० लाख गरी कुल रु. १ करोड बजेटको व्यवस्था गरिएको बजेटमा उल्लेख छ । प्रबिधि जडान गर्ने कार्यक्रमहरु अन्तर्गत रु ७ लाख बजेटको व्यवस्था गरिएको छ ।

“विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौं” भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई अझै प्रभावकारी बनाउन कोरोना नियन्त्रण कोषमा रु। १ करोड विनियोजन गरिएको छ । यसैगरी अन्तर स्थानीय तह विपद् व्यवस्थापन साझेदारीको सञ्चालन र व्यवस्थापनको लागि कुल रु। ९ लाख विनियोजन गरिएको हो ।

जेष्ठ नागरिक, महिला, बालबालिका तथा अपाङ्ग

उपप्रमुख रानाले प्रस्तुत गरेको बजेटमा महिला,बालबालिका, अपाङ्ग तथा ज्येष्ठ नागरिकको सबलिकरण तथा संरक्षणको लागि ४० लाख रुपैँया बजेट विनियोजन भएको छ । त्यस्तै महिलाहरुको सशक्तिकरण गर्न महिलासँग उपप्रमुख कार्यक्रमको लागि ६ लाख विनियोजन गरिएको छ । त्यस्तै वडा तथा नगरस्तरीय वालक्लवहरुको क्षमता विकास तथा सम्बर्धनको लागि रु। १० लाख बजेट व्यवस्था गरिएको छ ।

सँस्कृति तथा पर्यटन

सैनामैना नगरपालिका वडा नं. ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माण गर्नको लागि रु। ५० लाख विनियोजन गरिएको छ । पर्रोहा परमेश्वर बोलबमधाम मन्दिरको पूननिर्माणको लागि संघ, प्रदेश र सैनामैना नगरपालिकाको स्रोतबाट रु ६० लाख बजेटको छुट्टिएको छ ।

सुशासन तथा सेवा प्रवाह

सैनमैना नगरपालिकाभित्र रहेको गरिब तथा विपन्न व्याक्तिहरुको पहिचान गरि गरिब परिचयपत्र वितरण गर्न कार्यको लागि संघीय सरकारबाट रु। ३६ लाख बजेटको व्यवस्था मिलाएको उपप्रमुख रानाले बताउनुभयो । त्यस्तै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण अयोजना कार्यान्वयन गर्न कुल ४७ लाखको व्यवस्था मिलाइएको छ ।

सैनामैना २ बाबरी पार्टी प्यालेमा भएको बजेट सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा नगर प्रमुख चित्र बहादुर कार्कीले उत्कृष्ट हुने विद्यालय, कर्मचारी, उत्कृष्ट करदाता लगायतलाई सम्मान गर्नुभएको थियो ।

 
 
  
 

You may also like