जापानले बनायो विश्वकै सुपर कम्प्युटर, कोरोना नियन्त्रणमा प्रयोग गर्दै

काठमाडौँ । कोरोना महामारीसँग लड्न विश्वले नै प्रविधिको व्यापक प्रयोग गरिरहेका छन् । चीनमा महामारीको शुरुवात देखि नै रोबोट, आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको थियो ।पछिल्लो पटक जापानले कोरोना संक्रमित पत्ता लगाउन सुपर कम्प्युटरको प्रयोग गरेको छ ।बिबिसीका अनुसार जापानले सुपर कम्प्युटर फुगाकूको प्रयोग कोरोना रोकथाममा प्रयोग गरिरहेको छ । यसलाई अहिलेको विश्वकै सबैभन्दा तेज कम्प्युटर बताइएको छ । यो कम्प्युटरले अमेरिकाको आइबीएम कम्प्युटरको तुलनामा २.८ गुणा छिटो क्यालकुलेसन गर्ने बताइएको छ ।

यो कम्प्युटर हरेक ६-६ महिनामा जारी गरिने टप ५ सय कम्प्युटरको सुचीमा चार पटक शिर्ष स्थानमा आइसकेको छ ।अहिले फुगाकूको जितले लामो समयदेखि चलेको अमेरिका-चीनको बर्चश्वलाई तोडेको विश्वास गरिएको छ ।

लामो समयदेखि चलेको अमेरिका चीनको यो बर्चश्वलाई जापानले ११ बर्षपछि टपमा आएको छ ।

जापानले अहिले फुगाकूको यो क्षमतालाई कोरोना नियन्त्रणमा प्रयोग गरिरहेको छ । यस कम्प्युटरले मानिसले थुक्दा या खोक्दा निस्कने थुक या खोकी कति टाढासम्म जान सक्छ भन्ने अनुमान लगाइरहेको बताइएको छ । एक कोठा जति ठुलो यो कम्प्युटर जापानको कोब शहरमा रहेको छ ।

जापानी टेक्नोलोजी फर्म फुजित्सु र सरकारी संस्थान राइकेन इन्स्टिच्युट मिलेर तयार गरेको यो कम्प्युटर बनाउन ६ बर्ष लागेको बताइएको छ । फुगाकू नाम जापानको माउन्ट फुजी पर्बतबाट प्रेरित भएर राखिएको बताइएको छ ।

 
 
  
 

You may also like