विश्वभर ४७ लाख ९६ हजार कोरोना संक्रमित निको, संक्रमित ९० लाख ३७ हजार

विश्वभर चार लाख ६९ हजार ६०३ को मृत्यु, ५४ हजार ७१९ जनाको अवस्था गम्भीर
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणको दोस्रो चरणको लहर शुरु भएको छ । संक्रमणको दोस्रो चरणसँगै विश्वभर संक्रमितको संख्या थपिंदो छ ।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार ३९५ पुगेको वल्र्डओमिटरले जनाएको छ ।

संक्रमितमध्ये ४७ लाख ९६ हजार ९३७ जना उपचारपछि निको भएका छन् । आज (सोमबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वभर ३७ लाख ७१ हजार ५१० जना उपचारका क्रममा छन् ।
संक्रमितमध्ये ५४ हजार ७१९ जनाको अवस्था मात्रै गम्भीर छ । बाँकी सबै संक्रमितको अवस्था सामान्य छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका एक लाख २९ हजार ३९५ संक्रमित थपिएका छन् । संक्रमणको कारण गएको २४ घण्टामा विश्वभर तीन हजार ३३७ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा मात्रै एक लाख २२ हजार २६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः ब्राजिल, बेलायत, इटाली, फ्रान्स, स्पेन, मेक्सिको, भारतलगायतका देशमा धेरैले ज्यान गुमाएका छन् ।

 
 
  
 

You may also like