भारतमा एकै दिन हालसम्मकै बढी साढे १४ हजारमा कोरोना भाइरस संक्रमण

विश्वभर गएको २४ घण्टामा पाँच हजार १८ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले संसार कोरोना भाइरस महामारीको खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिइरहेका बेला विश्वभर कोरोना भाइरसको संक्रमण झन् तीब्ररुपमा बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा विश्वरभ एक लाख ७६ हजार २७० जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या कोरोना भाइरस फैलिएयता एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
वल्र्डओमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ४६ हजार २५५ पुगेको छ । यो तथ्यांक शनिबार बिहान ६ बजेसम्मको हो ।

गएको २४ घण्टामा भारतमा १४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा १४ हजार ७७२ जनामा संक्रण पुष्टि भएको छ ।

यो संख्या भारतमा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । संक्रमणको कारण शुक्रबार भारतमा ३६६ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ९५ हजार ८१२ पुगेको छ । संक्रमणबाट अहिलेसम्म भारतमा १२ हजार ९७० जनाले ज्यान गुमाएका छन् ।

विश्वभर गएको २४ घण्टामा पाँच हजार १८ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख ६१ हजार ७७२ पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार २२१ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी अमेरिकामा ७०८, मेक्सिकोमा ६६७, चिलीमा २५२, पेरुमा १९९, रुसमा १८१, बेलायतमा १७३, पेरुमा १९९, इरानमा १२०, पाकिस्तानमा १३६ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

 
 
  
 

You may also like