गुल्मीको सत्यवतीमा पहिलोपटक ४ जना कोरोना संक्रमित भेटिए

सुरेश थापा
गुल्मी ।गुल्मीको सत्यवती गाँउपालिकामा पहिलो पटक ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैजना भारतबाट केहीदिन पहिले आएको सत्यवती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुर्यबहादुर रानाले जानकारी दिए  ।
उनकाअनुसार गाँउपालिकाका वडा नं १ का ३४ र २१ बर्षीय, वडा नं ७ का २६ बर्षीय र वडा नं ६ का २९ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
रानाका अनुसार ९ वटा स्वाब पठाइएकोमा ४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।  २ जनाको रिपोर्ट  नेगेटिभ आएको र बाँकी तीन जनाको रिपोर्ट आउन बाँकी रहेको बताएका छन्  ।

 
 
  
 

You may also like