थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो

काठमाडौं। नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिएका हुन् ।डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ६ महिला र ५५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९७४ पुगेको छ ।

 
 
  
 

You may also like