जीप दुर्घटनामा प्रतापपुर गाउंपालिका अध्यक्षको दुर्घटनामा परि मृत्यु

बुटवल। नवलपरासीको प्रतापपुर गाउंपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परि मृत्यु भएको छ । उनी सवार गाडी आईतवार बर्दघाट नगरपालिका वडा नं. ४ स्थीत पुर्वपश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको स्थानीय अर्जुन पाण्डेले बताएका छन् ।

घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरि चिसापानी अस्पताल ल्याईएकोमा अध्यक्ष शर्माको मृत्यु भएको पुष्टि भएको हो । गाउपालीका उपाध्यक्ष अन्जु चौधरीले अध्यक्ष शर्माको दुर्घटनामा मृत्यु भएको पुष्टि गरिन । लु १ झ ३७० नं. को गाउंपालिकाका स्कारपियोमा सवार अध्यक्ष शर्माको मृत्यु भएपनि चालक भने घाईते रहेका छन् ।

दुर्घटना हुंदा जिप अध्यक्ष शर्मा आफैले चलाएका थिए । गाडी अत्यन्त तिब्र गतिमा रहेकाे स्थानीय प्रत्यक्षदर्शीले बताए । घाईते चालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । गाउंपालिकाबाट बुटवलतर्फ आउंदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । शर्मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका हुन ।

 
 
  
 

You may also like