यस्तो देखियो बालुवाटार प्रदर्शन र प्रहरीको हस्तक्षेप (फोटो फिचर)

काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले पानीको फोहोरा तथा अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई हटाएको छ ।

सरकारले कोरोनाको महामारीको विषम परिस्थितिमा पनि पारदर्शी काम नगरेको, कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

देश अहिले कोरोना भाइरस स‌ंक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा छ । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।

उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि आज झन धेरैको संख्यामा उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिएको छ ।

 

 

 
 
  
 

You may also like