रुपन्देहीमा आफ्नै बाबुले गरे छोराको हत्या

बुटवल । रुपन्देहीमा विभत्स हत्याको शिलशिला दोहोरिएको छ । सोमबार राती तिलोत्तमामा भएको ५ जनाको सामुहिक हत्याको घटना सेलाउन नपाउँदै मंगलबार राती रुपन्देहीकै कञ्चन गाउँपालिकामा अर्को विभत्स हत्या भएको छ। एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।गएराती जिल्लाको कन्चन गाउँपालिका वडा नं १ कुचेरामा १७ वर्षीय सुदिप कुमाललाई उनका ४८ वर्षीय बाबु रिमबहादुर कुमालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्कवहादुर खत्रीले बताएका छन् ।

आसपास सुतिरहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी घाघाइते बनाएको उपचारका लागि बुटवल लैजाँदैगर्दा मृत्यु भएको उनले बताए । बन्चरो प्रहार गर्ने बावु रिम बहादुर प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । बावु रिम बहादुर कुमाले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार मृतक चैतको पहिलो साता भारतबाट फर्केका थिए ।

 
 
  
 

You may also like