सांसद बिस्टद्वारा गुल्मीलाई स्वास्थ्य सामग्री सहयोग

गुल्मी । विश्व व्यापीरुपा फैलिएको कोभिड–१९ को संक्रमणको सर्तकता अपनाउन गुल्मीका स्थानीय तह र स्वास्थ्य कर्मी,पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ । पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टको पहलमा जिल्लाका १२ वटै स्थानीय तहसँगै बिभिन्न कार्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तातरण गरिएको हो ।

सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरि जिल्लाका १२ स्थानीय तह, गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई पिपिइ, सेनिटाइजर, मास्क र थर्मल गन लगायतका सामग्री जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहमा प्रमुखहरुलाई हस्तातरण गरेका हुन् । हस्तातरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा ११ हजार पाँच सय पिस कटन मास्क, एम डब्लु मास्क पाँच हजार पिस, पन्जा पाँच हजार जोडी, के एन नाइन्टी फाइभ माक्स एक सय ५० पिस, थर्मन गन ७२ पिस, पिपिइ ३५ सेट, सेनिटाइजर पाँच सय मिलिलिटर १४ पिस, सेनीटाइजर स्ट्याण्ड १६ पिस रहको थियो।

सामग्री प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जनप्रतिनिधीहरुको सहयोग र सद्भाव आफुहरुले यो बिपद्मा पाइराखेको बताए । पूर्व मन्त्री गोकर्ण बिष्टबाट दुई–दुई पटकसम्म ठुलो परिणाममा प्राप्त स्वास्थ्य सामग्री स्थानीय तह र संघ–संस्थालाई प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।नागरिकले वास्तवमा जनप्रतिनिधीको भूमिका समस्यामा महसुस गर्न पाउनु पर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले गुल्मी जिल्लाका मन्त्री, सांसद, अन्य व्यक्ति र संस्थाहरुको सहयोग उदाहरणीय भएको बताए ।

गत चैत्र तेस्रो साता पनि सांसद बिष्टले स्थानीय तहहरुमा एक सय ३ सय सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद पठाएको पूर्व मन्त्री बिष्टका प्रेस सल्लाहाकार मदन खनालले बताए ।

 
 
  
 

You may also like