जन्मदिनमा वृक्षारोपण

बुटवल । नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले आफ्नो जन्मदिन वृक्षा रोपण गरेर मनाएका छन । यो संगै गतबर्ष नमस्ते नेपालले शुरु गरेको जन्मदिनमा वृक्षारोपण गर्ने अभियानले एक बर्ष पुरा गरेको छ । गत बर्ष मंगलवार कै दिनदेखि सो संस्थाले आफ्ना हरक सदस्यको जन्मदिनमा सार्बजनिक स्थलमा वृक्षा रोपण गर्न शुरु गरेको थियो । मंगलवार तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले उद्घाटन गर्नुभएको कार्यक्रममा शंकरनगर चोकबाट उत्तरतिर सिद्धार्थ राजमार्गबीचको सडक डिवाइडरमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा बोल्ने क्रममा नमस्ते नेपालको इतिहासलाई झल्काउँदै मन्त्री गिरीले यो कार्यक्रम देख्दा सानो देखिन्छ, मान्छेहरुले त्यति महत्व नदिन सक्छन् तर यो आफैमा अत्यन्तै महत्वपूर्ण भएको बताउनु भयो ।

त्यसै गरि नमस्ते नेपालका अध्यक्ष खरेलले कार्यक्रममा बोल्दै सबैले जन्मदिनलाई वर्षै पिच्छे आफ्नो गाउँठाउँमा वृक्षा रोपण गरेर थप यादगार मात्रै होइन यसलाई महत्वपूर्ण परम्परा नै बनाउनुपर्ने बताउनु भयो ।

नमस्ते नेपालका युवा सदस्यहरुले सामूहिक रुपमा हातेमालो गरि २५ वटा साना विरुवा रोपेका छन् । कार्यक्रममा, मदन भण्डारी स्पोर्ट्स एकेडेमी ५ न। प्रदेशका उपाध्यक्ष मीन प्रसाद पोख्रेल, शंकरनगर स्वास्थ्य चौकी प्रमुख केशव भट्टराई, समाज सेवी राम गिरी, ५ न. प्रदेश रिपोरटर्स क्लबका अध्यक्ष राम कुमार क्षेत्री, श्रीनगर फिल्म्स प्रालिका निर्देशक तथा कथाकार मनिष पन्थ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा ५ न. प्रदेश रिपोरटर्स क्लबका अध्यक्ष राम कुमार क्षेत्री, शंकरनगर स्वास्थ्य चौकी प्रमुख केशव भट्टराई लगायतले कार्यक्रममा बोल्दै अध्यक्ष खरेललाई जन्मदिनको शुभकामना दिएका थिए । नमस्ते नेपालले जन्मदिनकै अवसरमा वृक्षा रोपणको महत्वपूर्ण संस्कार प्रारम्भ गरेकोमा वक्ताहरुले धन्यवाद समेत ज्ञापन गरेका थिए । कार्यक्रमलाई निरान्जन खरेलले सहजीकरण गरेका थिए ।

 
 
  
 

You may also like