कोरोनाबाट ७६ वर्षिय वृद्धको मृत्यु , कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनाको मृत्यु भई कोरोनाले मृत्यु हुनेको संख्या नौं जना पुगेको जानकारी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएको थियो ।

उनको अपरेसन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण पश्चात उनमाा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र बुधबार निधन भएको हो । उनी आईसीयूमा उपचाररत थिए ।

हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।

यस्तै आज आज (बुधबार) एकै दिन २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ । बुधबार थप १२ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ ।

 
 
  
 

You may also like