थप २०१ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २३०० पुग्यो

बुटवल । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो ।
मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो ।
यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।
यस्तै हालसम्म ८ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like