गुल्मी सहित थप ७ जनामा कोरोना संक्रमण ,कुल संक्रमितको संख्या ५९१ पुग्यो

बुटवल । प्रदेश न ५ मा ७ जना नयाँ संक्रमित फेला परेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुमा ३ र गुल्मी मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट टेसिङमा भेटिएका हुन् । ती संक्रमित यसअघि कहीँ कतै नगएको बताइएको छ । संक्रमित गाउँपालिकको केन्द्रमै रहेको १ बैंकका कर्मचारी रहेको खुलेको छ ।

 
 
  
 

You may also like