युवाहरुको सक्रियता मा “किसान को साथी” अभियान

दिनेश पाण्डे
बुटवल । प्रदेश नम्बर ५ का युवाहरुको समूह मिलेर “किसानको साथी ” अभियान यही जेठ ४ गते बाट जेठ १८ गते सम्मको लागि सुरु भएको छ, जुन एउटा साझा अभियान हो । उक्त अभियानलाइ साथ दिएको छ दायित्व नेपालले। यो एक गैर सरकारि सस्थ्या हो ।जस्को अध्यक्ष डा. पुकार मल्ल हुनुन्छ । जुन सन् २०१३ साल बाट फेलोशिप कार्यक्रम सन्चालन गर्दै आएको छ ।जस्को प्रमुख उदेश्य युवा र सरकार बिच को दुरि लाई कम गरि युवा र रोजगार सङ काम गर्ने हो। अहिले दायित्व नेपाल ले प्रदेश पाँच मा दायित्व नेपाल सार्वजनिक प्रशासन फेलोसीप कार्यक्रम संचालन गरेको छ जस्मा प्रदेश न ५ बाट संयोजक को रुप मा कमल थापा हुनुन्छ ।

प्रदेश नम्बर ५ का ७ वटा उप-महानगर,नगरपालिका तथा गाउपालिका हरु क्रमश: तुल्सीपुर उपमहानगरपालिका र दंगिसरण गाउँपालिका (दाङ), तानसेन नगरपालिका (पाल्पा),तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपािका, बुटवल उमहानगरपालिकाका(रुपन्देही), तहलाई केन्द्रमा राखी किसान समूह हरु को समस्या पहिचान गर्ने मनसाय राखी उक्त अभियान सुरु भएको छ।यस अभियानको मुख्य लक्ष्य covid -19 कोरोनो ले गर्दा बढीरहेकोे लकडाउनको समयमा किसान समूहहरुमा पर्न गएकाे विभिन्न समस्या र सम्भाव्य समाधान पहिचान गरि सम्बन्धि निकायमा पुर्‍याउने कोसिस गर्नुको साथै कृषि, युवा रोजगार र युवा उद्यमशिलताको चेतना अभिवृद्धि गर्नु रहेको छ ।

अाफ्नो समुदायमा पनि केही कृषि सङ्ग सम्बन्धित समस्याहरु छ्न् भने किसानको साथी समूहको फेसबुक पेजका साथै निम्न फोन नम्बर मा सम्पर्क गर्न सक्नुहुनेछ ९८४३२८७६३३ र ९८४४७५५०९९

 
 
  
 

You may also like