कपिलवस्तुमा वडाध्यक्ष सहित एक जना पत्रकारलाई कोरोना संक्रमण

कपिलवस्तु। कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीअनुसार थप ७ पुरुष र १ महिलामा कोरोना देखिएको हाे ।वाणगंगा नगरपालिकाका एक वडाध्यक्ष र एक जना पत्रकारलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहानको तथ्याङ्कअनुसार वडाध्यक्ष र पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

कपिलवस्तुमा आज संक्रमित फेला परेकामा वाणगंगा नगरपालिकाका ५ पुरुष र १ महिला गरी ६ जना तथा बुद्धभुमि नगरपालिकाका २ पुरुष छन् । वाणगंगा नगरपालिकामा फेला परेका संक्रमित मध्ये ४० वर्षीय पुरुष वडा अध्यक्ष र २७ वर्षीय महिला सञ्चारकर्मी हुन् । शनिबार बिहान थप ८ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

 

 
 
  
 

You may also like