कोरोना संक्रमितका छोरालाई पनि देखियो संक्रमण

चितवन । कोरोना भाइरसको संक्रमण भएका भरतपुर महानगरपालिका वडा नं. ६ का दम्पतीको ५३ वर्षीय जेठा छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अद्यावधिक विवरण अनुसार भरतपुर–६ का एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित व्यक्ति शुक्रबार संक्रमित दम्पतीका छोरा भएको भरतपुर अस्पतालले जनाएको छ।

भारतको दिल्लीस्थित राजीवगान्धी क्यान्सरअस्पतालबाट बाबुको उपचार गराएर फर्किएका छोरालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यसअघि, गरिएको परीक्षण नेगेटिभ देखिए पनि भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट कोरोना पुष्टि भएको जनाइएको छ ।

कोरोना पुष्टि भएसँगै संक्रमितलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।

 

 
 
  
 

You may also like