गुल्मीका एक जना सहित ५३ जना कोरोना संक्रमण , कोरोना संक्रमित संख्या ३५७ पुग्यो

काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेसँगै मोरङ, गुल्मी, रौतहट, दाङमा थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ४६ जना पुरुष र १ जना महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीया पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार ४ सय २६ जना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा राखिएको छ ।

डा देवकोटाका अनुसार गत २४ घण्टामा २ हजार ५ सय ५८ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ३० हजार ७२३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६९ हजार ५ सय ६० जनाको परीक्षण भएको छ भने गत २४ घण्टामा १ हजार ७ सय ९१ वटा नमूना परीक्षण भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको ज्यान गएको छ ।

 
 
  
 

You may also like