दिवेश पोखरेल बने अमेरिकन आइडलको फस्ट रनर अप

काठमाडौं । अमेरिकी आइडलको शिर्ष स्थानमा पुग्ने पहिलो नेपाली युवा बनेका छन् दिवेश पोखरेल । नेपाली समय अनुसार सोमबार बिहानै भएको अमेरिकन आइडलको ग्राण्ड फिनालेमा पोखरेल फस्ट रनर अप बन्न सफल भएका छ्न ।

आफुलाई आर्थर गर्न भनेर चिनाउने पोखरेलले फस्ट रनर अप बनेर अमेरिकी आइडलको शिर्ष दोस्रो स्थानमा पुग्न सफल भएका हुन् ।
अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन् ।

ग्राण्ड फिनालेमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए ।

अमेरिकामा रहेका नेपालीहरुले पोखरेललाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।

काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि पोखरेल सन् २०१४ मा अमेरिका गएका थिए ।

कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा क्रियाशील छन् ।

अमेरिकन आइडलको समापन शोमा दिवेशको प्रस्तुती यस्तो रहेको छ ।

 
 
  
 

You may also like