बुद्ध जयन्तीको अवसरमा मुुख्यमन्त्री शंकर पोखरेलको शुभकामना , घर-घरमा दीप प्रज्ज्वलन गर्न आग्रह

बुुटवल । २५६४ औं बुद्ध जयन्तीको अवसरमा प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले एक शुभकामना शन्देश जारी गर्दै विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अभियानका लागि आज साँझ सबैले घर-घरमा दीप प्रज्ज्वलन गर्न आग्रह गरेका छन् । मूख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ –‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । इसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो । हिंसा र दुखको कारणको खोजीमा गृह त्याग गर्नुभएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारवाट समाजलाई दिक्षित गर्नुभयो । र, मानिसलाई सत्कर्मको वाटोमा हिडाउन सफल हुनु भयो । वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि भएका छन् ।’

प्राचनि कपिलवस्त तथा बुद्धकालीन एतिहासिक क्षेत्रहरुको पहिचान गरी पर्यटकीय विकास गर्न आवश्यक रहेको बताउँदै सन्देशमा लेखिएको छ– ‘प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटोमुनि दविएर रहेका छन् । ती सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमुल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक छ । यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ ।

बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्य अघि बढेको छ । पर्यटन प्रवद्र्धनको लागि बृहत्तर ढंगले काम गर्न आवश्यक छ । त्यसका लागि पनि हामी योजनाबद्ध रुपले अघि बढिरहेका छौं ।’

 
 
  
 

You may also like