भिटामिन डीको कमी हुँदा कोरोना संक्रमण जोखिम उच्च

एजेन्सी । भिटामिन डीको कमीका कारण कोरोना संक्रमणको खतरा बढी हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन । अष्ट्रेलियाको द युनिभर्सीटी अफ क्विन्स्ल्याण्डको स्कुल अफ पब्लिक हेल्थमा कार्यरत छालाजन्य क्यान्सर रोग विशेषज्ञ प्रो.डा.रचेल निएलका अनुसार शरिरका भिटामिन डीको मात्र कम हुँदा कोरोना भाईरस संक्रमणको खतरा धेरै हुन्छ ।

निएलका अनुसार भिटामिन डी ले शरीरको रोग प्रतिरोधी क्षमतालाई सन्तुलित बनाई राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न २० वटा युरोपेली मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु भएका विरामीहरुमा भिटामिन डीको कमी देखिएको थियो ।

कोरोनाका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको ईटलीमा गरिएको एक अध्ययन अनुसार ७० बर्ष माथीका महिलाहरुमा भिटामिन डी ३० एनएमओएल÷एल मात्रै भेटिएको थियो । यो मात्रा औसत भन्दा २६ एनएमओएल÷एल कम हो ।

त्यस्तै स्विजरल्याण्डमा पनि मानिसहरुमा भिटामिन डीको मात्रा २६ र स्पेनमा २८ एनएमओएल÷एल भेटिएको छ । यो औसत भन्दा धेरै कम हो । यस्तो खुलासापछि वैज्ञानिकहरुले कोरोना भाईरस र भिटामिन डीबीचको सम्बन्ध बारे अध्ययन गर्न सुरु गरेका छन ।

ब्रिटेनको क्वीन एलिजाबेथ हस्पिटल फाउण्डेशन ट्रष्ट र युनिभर्सिटी अफ ईस्ट एंगिलाका वैज्ञानिकहरुले कोरोना संक्रमणका विरामीहरुलाई भिटामिन डी चलाउने बारे बिचार गर्नुपर्ने बेला आएको बताएका छन । भिटामिन डीले कोरोना संक्रमित विरामी निको हुनसक्ने सम्भावनालाई उनिहरुले स्विकारेका हुन ।

आयरल्याण्डको ट्रिनिटी कलेज अफ डबलिनमा गरिएको एक अध्ययनमा भिटामिन डीको डोजबाट एक विरामीमा छातीमा हुने संक्रमण ५० प्रतिशत कमी आएको भेटिएको थियो । विहानको समयमा ५ देखि १० मिनेट घाममा हिंड्दा तथा माछा र च्याउ जस्ता खाद्य पदार्थबाट पनि शरिरमा भिटामिन डीको आपूर्ती हुने चिकित्सकहरु बताउँछन ।

 
 
  
 

You may also like