वैज्ञानिक मतः कोरोनाको महामारी अब विस्तारै घट्दै जान्छ

एजेन्सी । अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक कोरोना भाईरसको नयाँ खाले स्वरुप परिवर्तन बारे नयाँ तथ्य फेला पारेका छन । एरिजोनाका एक विरामीबाट लिईएको नमुना परीक्षण गर्दा कोरोना भाईरसको जेनेटिक तत्वको एक हिस्सा गायब भएको वैज्ञानिकहरुले भेटेका हुन ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार भाईरसमा देखिएको यसखाले बदलावले मानव शरिरमा पनि कोरोना भाईरसको संक्रमण विस्तारै कम हुँदै जाने वैज्ञानिकहरुले बताएका छन । यसका लागि अन्य थुप्रै स्थानमा नमुना संकलन गरी ठूलो संख्यामा अध्ययन गर्न जरुरी रहेको अनुशन्धानकर्ताहरुको भनाई छ ।

कोरोना भाईरसको जिनोम सिक्वेन्सीङ् गर्ने काम भारी मात्रामा गर्ने हो भने यसखाले थुप्रै परिणामहरु प्राप्त हुन सक्ने एरिजोना स्टेट युनिभर्सिटीमा गरिएको एक अनुशन्धानले पनि बताएको छ । भाईरसको जेनेटिक तत्व गायब हुने यस्तो घटना सन २००३ मा सार्स महामारी फैलिएको बेला पनि देखिएको थियो । यसपछि सार्सको प्रकोप विस्तारै हराउँदै गएको थियो । यद्यपी सार्सको महामारी अहिलेको जस्तो विश्वब्यापी बनेको थिएन ।

 
 
  
 

You may also like