मुसिकोट गल्मीका बासीन्दालाई राति पँधेरामा खानेपानी मिल्दैन कि भन्ने डर,अझै पनि लिफ्टिङ् खानेपानीकै भर

हरि पाठक
गुल्मी।गुल्मीको मुसिकोट नगरपालिकामा खानेपानीको चरम समस्या देखिन थालेको छ।गर्मीमहिना सुरू हुन लागेसँगै गाउँमा खानेपानीको चरम समस्या देखिन थालेको हो।अब घण्टौ समय लगाएर पँधेरा,कुवा खोला धाउने दिन आउन थालेका छन्।घर नजिकै पानीको स्रोत पँधेरा,कुवा नहुँदा लामो समय लगाएर खोला खोला पानी लिन जानुपर्ने स्थिति आउन थालेको छ।अब केही दिनमै वर्षा रोकियो भने पँधेरामा रातको १२ बजेदेखि बिहान ४/५ बजेसम्म पानी कुर्ने दिन सुरू हुन थालेका हुन्।कतिपय ठाउँमा धेरै कुराको आशा गर्दा हुन जनता तर समस्या धेरैमा छ, आशा मात्र एक कुराको छ त्यो हो खानेपानीको गुल्मीको मुसिकोट १ का स्थानीय बासिन्दा खानेपानीको चरम समस्यमा जिउन थालेको बर्षौ बितेका छन्।उनिहरूले सरकारको आशा केही राखेका छैनन् मात्र खानेपानी १२ महिना राम्रोसंग खान पाए खुशीको सिमानै हुने थिएन भन्दै दुखेसो पोख्न थालेका छन्।घर नजिकै टोलटोलमा एउटा धारा त छ तर पानी भर्नेको लाइन लाग्छ पानी १/२ गाग्रो भर्न मात्र पाइन्छ एक टाइम तर कहिले त त्यही पनि हुँदैन।

अरू समयमा त होइन बिहान एक पटक २/३ गाग्रो पानी आउँछ त्यतिबेला केही आशा जगाउदैनन् मात्र सिचाइ गर्ने पानी भए सागसब्जी कति हुने थिए होलान् घरमा भन्ने मात्र स्थानीयले गुनासो गर्न थाल्दछन्। तर जब जब माघ महिनाबाट उकालो लाग्छ गर्मीयामको महिना पनि चढ्दैजान्छ तब मुसिकोट१ चैनडाँडाका स्थानीयहरू खानेपानीको चरम समस्या भोग्न बाध्य छन्।यो समस्या त्यहाको मात्र होइन साबिकका नेटाका ३ र ४ साबिकका साबिका पौँदी अमराईका ६ र ७ का बासिन्दा पानी लिन ३ घण्टाका बाटो हिड्दै दिनभर गाग्रो बोकेको बाटो,जङ्गलभरी हिडेको देखिन्छ,चैनडाँडामा चैत्र र बैशाख जेठ महिना लगायत वर्षा नहुन्जेलसम्म यी महिनामा प्रायजसो राति १२ बजेदेखि ४ बजेसम्म कुवा,पँधेरामा घण्टौसम्म बसेर पानी कुर्ने गर्दछन्।यो समस्या आजभोलिको हैन बर्षौदेखिको चरम समस्या हो,यस्तो समस्या जस्ताको त्यस्तै छ। बिद्यार्थी स्कुलबाट आउछन् गाग्री बोकेर कुवा,खोला धाउछन् ३/४ घण्टा समय लगाएर पानी लिएर आउछन् यहाँ चुनावी माहोलमा यति बजेट पारिम यति उति पार्छौँ अब आउँछ खानेपानी भन्ने सपना धेरै बाढ्दै कति आएका छन् कति तर जति आए पनि समस्या भने नागरिकका छन् अझै उत्ति भन्दै यो पनि कुनै नौलो कुरा नभएको स्थानीय बासीन्दाहरू बताउदै आइरहेका छन्।यहाँका स्थानीय न राम्रोसँग कृषिकर्म गर्न थाल्न सकेका छन् न त बिहानसाझ नै खाने पकाउने पानी नत नानीबाबुहरूलाई समयमै स्कुल पठाउन खानेपानीको अभाव बर्षौ भयो यसरी नै झेल्दै आएका छन्।


यो त समस्या नयाँ थिएन कयौँ बर्षसम्म झेल्दै आए तर अहिले लिफ्टिङ खानेपानी आउँला र खानेपानी बोक्न कम होला,हाम्रो दैनिकीमा सहजता अनि सुख पाइन्छ भन्ने गरेका यस क्षेत्रका बासिन्दा फेरि निरासा जस्तै बन्न थालेको स्थानीयको गुनासो पानी लिन आउँदा धाराा पँधेरामै दुखेसो पोखिरन्छन् ।कालुङ्गा छत्रकोट लिफ्टिङ खानेपानी आयोजनाको काम अब सम्पन्न हुन्छ अनि आउँछ र खानेपानीको समस्याबाट छुटकारा पाइन्छ भन्ने जनताको आशा यो कामबाट पनि मर्न थालेको छ।गत बर्षदेखि यो काम सुरू भएको हो अहिले अहिले बर्षौ बित्न थाल्यो ठप्प जस्तै बन्दै जाँदा पानी खान नपाईने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।जुन आयोजनाका लागि भौतिक पूर्वाधार बिकास मन्त्रालय प्रदेश नं.५ सरकार मार्फत झण्डै पाँच करोड बजेटको लागत स्टिमेट (अनुमान) गरेको छ,भने जसमध्ये १ करोड ५० लाख बिनियोजन भएसँगै कामले गति लियो केही स्थानीयको जनश्रमदानसहित ४ वटा ट्याङ्की निर्माण सम्पन्न भइसकेका छन्,पाइप करिब करिब पानीको मुहानबाट ट्याङ्कीसम्म जडान गरिसकिएको छ भने बिद्युत लाइन पनि प्रशारण गरिसकिएको छ बाकि अन्य काम भने थन्किएर बस्दा यतिबेला खानेपानी आउने आशाको दियो भने ढल्न थालेको स्थानीयबासीले बताउछन् ।यो समस्या हल गर्न मुसिकोट नगरपालिका वडा नं.१को चैनडाँडा,थामडाँडा,आरूचौर, तल्लापौँदी,ढाँण,पौदी अमराईको गुरूङचौँर,रानाटोल सम्मका बासीन्दाको समस्यालाई समेट्ने गरि यो योजना सुचारू भएको हो।यो लिफ्टिङ मार्फत खानेपानी कहिलेसम्म आउँछ यो निरासालाई कसरी समाधानमा लागेको छ कालुङ्गा छत्रकोट लिफ्टिङ आयोजना उपभोक्ता समितिका सल्लाहकार रोमकान्त खरेलसंग कुराकानि गरेका छौँ।

  • बाहिर ५ करोडको योजना हो भन्छन कतिपयले, खास लागत बजेट कति अनुमान गरिएको हो लिफ्टिङ खानेपानी योजनाका लागि भोतिक पूर्वधार बिकास मन्त्रालय प्रदेश सरकारबाटरुकति काम पूरा भयो कति हुँदै छ के के हुदैछ?

-यो योजनाका सम्पन्न गर्नको लागि ४ करोड ८६ लाखको अनुमान हो,अहिले १ करोड ३० लाखको काम पूरा भयो अब घरघरमा पुर्‍याउनको लागि मुख्यलाइनको लागि पाइप आएको छ,मोटर,पम्पसेट लगायत काम बाकि छ त्यस्तै केन्द्रीय प्रशारण लाइनको बिद्युत जडानको काम सकिएको छ। बिद्युत प्राधिकरण शाखा गुल्मी मार्फत लाइन प्रशारणको काम सम्पन्न भएको हो,यो प्रशारणको लागि बिद्युत प्राधिकरण बितरण केन्द्र गुल्मी शाखा मार्फत बिद्युत आइरन पोल(बिजुलीका खम्बा),तार,ट्रान्सर्फमर (ट्रान्समिटर) सम्पूर्ण नि:शुल्क सहयोगद्वारा हो तर क्योडिमिटर र जडानको कामलाई भने उपभोक्ताकै रकम मार्फत खर्च गरिएको आयोजना उपभोक्ताका सल्लाहकार रोमकान्त खरेलले जानकारी दिनुभयो।

  • मुहानबाट ट्याङ्कीसम्म ल्याउन पाइप पहिलेको भन्दा फरक स्थानबाट (सिधा स्टेट वा समानान्तर)मा छैन ट्याङ्कीसम्ममा पुर्‍याइयो तर पानी तान्दा यस्को असर पर्छ कि पर्दैन होला पानी जति आउनुपर्ने हो आउँदैन भन्छन नि त्यो चाहिँ के हो,सर्वे गरियो पाइपको घरघरमा पुर्‍याउनको लागि त्यस्को काम के हुँदै छ?

-पाइपको स्टिमेट डिपिआर गर्नको लागि सर्वे गरिएको छ रिपोर्ट भने आएको छैन लकडाउनले गर्दा अझै तयार भएको छैन त्यसपछि मात्र स्पष्ट हुने जानकारी दिनुभएकोछ।पाइप घरमा घरमा पुर्‍याउने काम अझै हुदैँन।असर त त्यस्तो केही पर्दैन,सामान्य पर्न सक्छ मिलाउने कोसिस गरेका छौ सकभर तर पानी भने सहजै आउँछ।

  • अझै खानेपानी लिन ३/४ घण्टा लगाएर कुवा,पधरा कति समय धाउनुपर्ला ?

-काम बिनियोजित बजेट मध्येको १ करोड ३० लाखको काम भएको छ,पुन २० लाख बजेट परेको छ अब पम्पसेट र मोटर जोड्ने काम बाँकि छ,यो पनि छिट्टै हुन्छ यो सुचारू भयो भने मुहानदेखि छत्रकोटमा रहेको ट्याङ्कीसम्म पुर्‍याउने लक्ष्य छ।आयोजना उपभोक्ता समिका अनुसार २०७७ को असोजसम्म लिफ्टङ खानेपानी घरघरमा पुर्‍याउछौँ भने अठोट लिएर काम थालनी गरेको थियो तर असम्भव भयो भन्नुभयो।जोड दिएर हामी पनि लागेका छौँ तर भनेअनुसार पूरा गर्न कामै गर्नुपर्ने ढिलोचाढो हुन्छ तर निराशा बन्न चाहिँ पर्दैन पानी आउने कुरामा ढुक्क हुन लिफ्टिङ खानेपानी उपभोक्ता समितिका सल्लाहकार रोमकान्त खरेलले आग्रह गर्नुभयो।

किन ढिलाई भयो योजनाको काम लकडाउनको प्रभाब भनौ भने अगाडिका महिनादेखिनै कामको गति रोकिएको थियो के भन्नुहुन्छ तपाईं?
•काम निरन्तर भईरहेको थियो तर बिचमा केही रोकिएजस्तो भयो,लकडाउनको असर भन्दा पनि कहिले ठेकेदारको अभाब हुने,कहिले के नमिल्ने केही ढिलाई चाहिँ भएकै हो,लकडाउनको प्रभाब अहिले भने देखिएको छ देखिन सक्छ।

  •  समस्या त बर्षौ बर्ष भयो भोग्न थालेको ,नजिकैका कुवा,पँधेरा पनि सुक्न थाले,चैत्र महिनादेखि त जुन योजना अन्तर्गत पानीको मुहान(निस्तखोला)मै पानी लिन पुग्नुपर्ने अबस्था आउँछ अझै अब १ बर्ष भन्दै धेरै बर्ष त धकेलिने होइन यो योजना कतै?

-कठिनै भए ट्याङ्कीसम्म ल्याएपछि घरघरमा वा टोल टोलमा पुर्‍याउन बिकल्प खोजिनेछ तर पूर्णरूपमा एक घर एक धारा अनुसार नै गर्नलाई अर्थात् पानी घरघरमा पुर्‍याउन भने करिब एक बर्ष पर्खनुपर्ने, अझै एक बर्ष लाग्ने समितिका सल्लाहकार खरेरले बताउनुभयो।सम्भब भएसम्म नजिका गाउँका टोल,टोलमा पुर्‍याउने सोच बनाएका छौँ ।उहाँले समस्या छ बुझेका छौँ त्यसैले जोड दिएरै लाथेका छौँ सकभर छिटो काम सम्पन्न गर्ने गरी भन्नुभयो।

हामी फोनको कुराकानी मार्फत कालुङ्गा छत्रकोट लिफ्टिङ्ग आयोजना उपभोक्ता समितिका सल्लाहकार रोमकान्त खरेलसंग केही बुझेका हौँ अझै बिस्तृत जानकारी लिनेनै छौँ खानेपानीको अभाब बर्षौदेखिको समस्यासंग जोडिएको बिषय पनि हो यो मुसिकोट एकमा चरम समस्या खानेपानीमा छ,अहिले साबिकको वडा नं.७ ढाँणका मोटरबाटो माथि,चैनडाँडाको रङ्नामदेखि माथि मैदानसम्म त्यस्तै साबिकको नेटा वडा नं.३ को लाकुरेटोल,थामडाँडा साबिकको पौदी अमराई वडा नं. ४ आरूचौँर,साबिकको वडा नं.६ तल्लापौँदी, गुरूङ्गचौर र रानाटोल साबिकको वडा नंं. ५ पौँदी अमराईका बासिन्दाहरूले लामो समयदेखि चरम समस्या भोग्दै आएका छन्। जसमध्ये साबिकको वडा नं.३ बाङ्गेमा भने गत बर्षदेखि नै खानेपानी घरघरमा आइसकेको छ।

गर्मीमहिना सुरू हुन लागेसँगै खानेपानीको चरम समस्या हुन थालेको हो।यस्तै सधै खादै आइरहेको खानीखोला मुहानको पानी पनि सुधार गरि एक घर एक धारा ल्याउने योजनासहित चैनडाँडा,थामडाँडा आरूचौर गाउँका प्रत्येक घरधुरीबाट प्रतिब्यक्ती २ हजारका दरले रकम जम्मा गरेको पनि बर्षौ बित्यो त्यो पनि अस्तब्यस्त जस्तै बनेको थियो अहिले त्यस्को काम पुराना ट्ययाङ््कीको मर्मत सम््भार र निर्माण कार्य हदैछ त्यो पनि एक घर धारा अन्तर्गतकै योजनामा समेट्ने गरि नै काम भईरहेको बताइएको छ।यो काम पनि जनश्ररमदानमै चलिरहेको छ।केही हदसम्म सुधार भए पनि थप ब्यबस्थापन गरेमा बढी पानी खान पाइने भने पनि उहीँ २/३ गाग्री मात्र पानी आउने गरेको स्थानीय बताउछन् भने कहिलेकाहीँ त आउदै नआउने बताए समस्या अझै नसुल्झेको बताईएको छ।यो लिफ्टिङ खानेपानी आयोजना पनि त्यस्तै बन्ने भो काम रोकिदा भन्नेमा नागरिकको आशा मर्न थालेको हो। खानीखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिष्णुदत्त खरेल हुनुहुन्छ भने कालुङ्गा छत्रकोट लिफ्टिङ खानेपानी आयोजा उपभोक्ता समितिका अध्यक्ष हेम बहादुर बलामी हुनुहुन्छ।

 

 
 
  
 

You may also like