सैनामैनामा थप कडाई दक्षिण भेगमा उच्च सर्तकता

टीका खरेल
सैनामैना। रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले थप कडाई गर्दै दक्षिण भेगमा उच्च सर्तकता अपनाउने भएको छ ।नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।

वडा नं ४ स्थित मुर्गिया– लुम्बिनी सडक र वडा नं ७ स्थित कलौनी– लुम्बिनी सडकबाट मधेस क्षेत्रका र भारततर्फबाट आउने व्यक्तिको आवातजावत वढी भएकोले सो निर्णय भएको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले बन्दाबन्दीको उल्लंघन हुन नदिन वडामा वडाध्यक्षको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिकाभित्रका प्रत्येक टोलमा वडासदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समिति समेत निर्माण भएको बताउनुभयो ।

उक्त बैठकले नगरपालिकाभित्रका सामूदायिक वनभित्रका वनमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउदै दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गर्न विहान ८ बजेदेखि ३ बजेसम्म पसल खुला राख्ने निर्णय गरेको छ ।

कृषकलाई चाहिने अावश्यक मल र बिउकाे प्रबन्ध मिलाउने निर्णय समेत गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले बताउनु भयाे । धान बाली लगाउने समय अाएकाेले कृषि शाखा मार्फत कृषिकलाई सुरक्षित तरिकाले बिउ खाध उपलब्ध गराउने समेत याेजना रहेकाे पन्थीले बताउनु भयाे ।

 
 
  
 

You may also like