मगंलबार पश्चिमी भू-भागमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । काठमाडौँसहित सोमबार देशभरी मेघ गर्जन सहित हल्का वर्षा भएको छ । देशका केहीस्थानमा चट्याङ्गसहित हल्का वर्षा भएपनि पश्चिमी भू–भागका एक दुई स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मगंलबार भने देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । मंगलबार मेघ गर्जनसहित चट्याङ्ग र वर्षा हुने सम्भावना भएको महाशाखाले जनाएको छ ।

पश्चिमी भू–भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । देशभरी सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेका छ । पश्चिमी भूभाग नै एक दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले त्यस स्थानका सर्वसाधारणलाई पनि सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

 
 
  
 

You may also like