कुवेतमा ५१ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ५१ पुगेको छ । कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारसम्ममा कुवेतमा ५१ जना नेपाली संक्रमित भएका छन् ।

कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । कुवेतमा मंगलबारसम्म ३ हजार ४४० जनामा संक्रमण देखिएको छ भने २३ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like