टुसायुक्त खानेकुरा खानुका फाइदै फाइदा – यसमा पाइन्छ यो भिटामिनको भण्डार

टुसायुक्त खानाका फाइदा

-पोषणयुक्त भोजनले दिन्छ ।

– यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

– यो सजिलै पाच्य हुन्छ ।

– अंकुरित खानाले पेटमा वायु बनाउ“दैन र कब्जियतबाट रोक्छ ।

– हरियो तरकारी जत्तिकै फाइदाजनक तर हरियो तरकारी भन्दा धेरैं सस्तो हुन्छ ।

– रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।

– बिभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।

बुढ्यौलीपन न्यूनीकरण गर्न टुसायुक्त खाना

टुसायुक्त खाना किन खाने ?

सस्तो, पोसिलो र विकारविहीन खाना सबैको इच्छाको विषय हो । तर, धेरैमा यस्तो खाना नपाउँदाको असन्तुष्टि हुन्छ । बजारमा तरकारी र फलफूलको भाउ चर्को हुन्छ । नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्र्छ भन्ने कुरा थाहा पाउँदा यस्ता कुराको विकल्प खोजिन्छ । स्वस्थ रहन सफा र सन्तुलित खाना खानुपर्ने हुन्छ, तर, पोसिलो मानिएका खानेकुरा कि महँगा हुन्छन्, कि त पाइँदैनन् । तर, प्रकृतिले हामीलाई सजिलो विकल्प प्रदान गरेको छ, ‘टुसा उमारेका खाना’ खद्यवस्तु पोसिलो, सस्तो र केही मिसिवटरहित हुन्छन् । साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हुन् । सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्दछ ।

टुसा उमार्नु भनेको

– भिटामिन उद्योग नै घरमा खोल्न सकिने सजिलो उपाय हो ।

– घरभित्रै करेसाबारी र फलफूल बगैँचा तयार गर्नुसरह हो ।

– इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्नु तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नु हो ।

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो ।

टुसा उमार्ने चरणहरू

अन्न तथा गेडागुडीमा टुसा निकाल्दा तीनवटा चरण हुन्छन् । यी तीन चरण पूरा गर्दागर्दै यसमा सकारात्मक परिवर्तन आउँछ ।

१. पहिलो चरण – भिजाउनु

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो । राम्ररी भिजेपछि पातलो कपडामा बेरेर झुन्ड्याँउँदा चाँडै टुसा निस्कन्छ वा भाँडामा राखेर छोपे पनि टुसा उम्रन्छ ।

२. दोस्रो चरण – अंकुरित हुनु

अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन् ।

३. तेस्रो चरण – टुसा

दोस्रो चरणमा अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ । बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।

टुसायुक्त खानाको उपयोगिता

टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा लिन सकिन्छ ।

पूर्ण र बलवर्धक खाना

जुनसुकै उमेर, लिंग, जातिका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रोे शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो । साथै, तयार पार्न सजिलो खाना हो ।

टुसायुक्त खानाले

– पोषणयुक्त भोजन दिन्छ ।

– यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त
बनाउँछ ।
– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।

– यो सजिलै पाच्य हुन्छ ।

– अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।

– हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ, तर हरियो तरकारीभन्दा धेरै सस्तो हुन्छ ।

– रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।

– विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।

– रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ ।

टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन, तर अझैसम्म पनि हामीमध्ये धेरैलाई यसको महत्वबारे थाहा छैन । हजारौँ वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रहँदै आएको छ । हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं ।

 
 
  
 

You may also like