गीता-वचन : मनलाई वसमा राख्न सकिएन भने यसले स्वयम् विरुद्द शत्रुको ब्यबहार गर्दछ

१. कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।

२. हरेक व्यक्ति जे ऊ चाहन्छ सो पाइन् सक्दछ, उअदी ऊ विश्वको साथ् इच्छित बस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।

३. नरकमा तिन द्वार छन् : क्रोध, वासना र लोभ ।

४. मनुष्य आफ्नो बिश्वासद्वारा निर्माण हुन्छ । ऊ जस्तो बिश्वास गर्दछ, त्यस्तै बन्दछ ।

५. मनलाई वसमा राख्न सकिएन भने यसले स्वयम् विरुद्द शत्रुको ब्यबहार गर्दछ ।

६. तिनीहरुले कार्यमा पूर्णता प्राप्त गर्न स्कदछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।

७. केवल मन मात्र कसैको मित्रु वा शत्रु हुन्छ ।

८. शंका गर्ने व्यक्तिको लागी न त यस संसारमा न बाहिर नै शान्ति छ ।

९. क्रोधद्वारा भ्रम पैदा हुन्छ । भ्रमद्वारा बुद्दि भ्रष्ट हुन्छ । बुद्दि भ्रष्ट भए तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

१०. यस संसारमा न त केहि हराउदछ न त व्यर्थ नै हुन्छ ।

 
 
  
 

You may also like