धेरै नखानुहोस् यस्ता प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

के खानाका कारण झर्छन् कपाल ?

भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ ।

१. पेस्ट्रीज र केक

यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

२. तारेका खानेकुरा

यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।

रिफाइन्ड फूड

सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

४. आलू

यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

५. पिज्जा

यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

६. फ्रेन्च फ्राइ

यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।

७. मिठाई

यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

८. कार्बोनेटेड ड्रिङ्क्स

सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ ।

९. रक्सी

यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

कपाल झर्ने समस्याले हैरान हुनुभएको छ ? यस्ता छन् सजिला घरेलु उपचार बिधि

पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु रोकथामका विधिहरूमा तेलले मालिस गर्ने साथै नरीवलको तेल, अण्डा, अवोकाडो, सुन्तलाको जुस, घ्यूकुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग पर्दछन्। साथै, फलमासु खान छोड्ने, गेडागुडी र खैरो भात खाने अनि भिटामिन बी-कम्प्लेक्स खाने गर्दा पनि पुरुषहरूमा कपाल झर्ने समस्यामा कम हुने गर्दछ।

जस्तोसुकै संस्कृति, वर्ग, राष्ट्रियता, धर्म वा रङ्गको व्यक्ति भएपनि विश्वका लाखौँ पुरुषहरूको उमेर ढल्किँदै गएपछि उनीहरूमा आउने एउटै समस्या भनेको कपाल झरेर तालु खुइलिने नै हो। फेरि त्यहिँ यस्ता भाग्यमानी पुरुषहरू पनि छन् जसले ७०/८० वर्ष पुगिसक्दा पनि कपाल झर्ने समस्या भोग्नुपर्दैन। तर, अधिकांश पुरुषहरूको भने ४० वा ५० वर्षको उमेरबाटै, अझ कत्तिको त २०/२५ वर्षको उमेरबाटै कपाल झर्न थालिसकेको हुन्छ।

पुरुषहरूमा कपाल झर्ने समस्याका कारण अनेकौँ हुन सक्छन्- मनोवैज्ञानिक समस्या, ब्याक्टेरियाको सङ्क्रमण, केमोथेरापी, पौष्टिक तत्वको कमी अथवा हरमोनमा असन्तुलन हुँदा पनि कपाल झर्ने समस्या आउन सक्छ। साथै, तालुको भागमा राम्ररी रक्तसञ्चार नहुँदा पनि पुरुषहरूको कपाल झर्न सक्छ।

यो कुरा भन्नु महत्वपूर्ण हुन आउँछ कि महिलाहरूमा पनि यस्तै कारण अथवा भिन्नै कारणले गर्दा कपाल झर्ने समस्या आउने हुन्छ। तर यस्तो समस्याले अधिकांश मात्रामा पुरुषहरूलाई बढि सताएको पाइएको छ।

तथापी, कपाल के कारणले गर्दा झर्छ भनेर हामीलाई थाहा छ भने त्यसलाई कसरी रोकथाम गर्ने भनेर पनि सजिलै बुझ्न सक्छौँ। कपाल झर्नुको अक्सर कारण भनेको अन्य केहि कुराको साइडइफेक्ट हो। त्यसैले यदि तपाईँले त्यो आधारभूत समस्यालाई समाधान गर्न सक्नुभयो भने कपाल झर्ने समस्या आफै समाधान हुन सक्छ।

पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु रोकथामका विधिहरू

१. तालुको मसाज

विश्वभरी नै अधिकांश अपनाइने साझा उपाय भनेकै ‘तालुको मसाज’ गर्नु हो। किनभने पुरुषको कपाल झर्नुको मूख्य कारण मध्ये तालुको भागमा राम्रोसँग रक्तसञ्चार नहुनु हो। रगतले कपालका जराहरूलाई चाहिने अक्सिजन बोकेको हुन्छ, जसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्दछ। तसर्थ, नियमित तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँदछ र कपाललाई चाहिने अक्सिजनको पनि सञ्चार हुन्छ।

२. नरीवलको पानी

नरीवलको पानीमा प्रशस्त मात्रामा भिटामिन र पौष्टिक तत्वहरू पाइन्छन्, जसले तपाईँको कपाललाई हुर्काउन र उमार्न मद्दत गर्दछ। साथै, यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँदछ। नरीवलको तेल वा नरीवल पानी दुवैलाई तालुमा लगाउन सक्नुहुन्छ। साथै नरीवलको पानी दिनहुँ पिउँदा कपालको साथसाथै शरीरलाई पनि स्वस्थ राख्दछ।

तर, यदि तपाईँलाई नरीवलको पानी अथवा तेलको एलर्जी छ भने यसलाई प्रयोग नगर्दै उचित हुन्छ, किनभने कपाललाई जोगाउने अरू पनि उपायहरू छन्।

३. अण्डा

यस्ता कैयौँ खानेकुराहरू छन् जसलाई खाँदा तपाईँको कपाललाई मजबुत र स्वस्थ बनाउँदछ। तर यस्ता खानेकुराहरू पनि छन् जसलाई कपालमा लगाउन पनि मिल्छ। उदाहरणको लागि- अण्डामा प्रशस्त प्रोटिन पाइन्छ, जसले कपाललाई बाक्लो र बलियो बनाउन मद्दत गर्दछ। एउटा अण्डालाई मज्जाले फेटेर पेस्ट बनाई नियमित कपाल अथवा तालुमा लगाउनुहोस् र केहि मिनेटसम्म त्यत्तिकै राखेर पखाल्नुहोस्। कपाललाई बाक्लो र चम्किलो बनाउने यो राम्रो उपाय हो।

४. एण्टिअक्सिडेन्ट

केहि फलफूल तथा सागसब्जीहरूमा प्रशस्त मात्रामा ‘एण्टिअक्सिडेन्ट’ पाइन्छ। एण्टिअक्सिडेन्ट यस्तो तत्व हो जसले शरीरलाई ‘मुक्त कण’ (Free Radicals) बाट बचाउँदछ। यस्ता मुक्त कणहरूले मानिसलाई चाँडै बूढो बनाउने, छालाका कोषहरूलाई मार्ने, अनि तालु खुइल्याउने समस्या ल्याउँदछ। तसर्थ, फलफूल तथा सागसब्जी (केरा, अवोकाडो, सुन्तलाको जुस, कागतीको जुस, मह, आदि) जसमा प्रशस्त एण्टिअक्सिडेन्ट पाइन्छ, यसलाई कपालमा लगाउँदा अथवा नियमित सेवन गर्दा कपाल झर्नबाट रोक्दछ र बिस्तारै कपाल हुर्कँदै जान्छ।

५. मरिच

१ गिलास दहीमा २/३ चम्चा (कपालको झर्ने दर अनुसार) कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दरमा कमि हुँदै जान्छ। यसरी लगाएको केहि मिनेटपछि नरम स्याम्पूले पखाल्नुहोस्।

७. रातो फलमासु खान कम गर्नुहोस्

हाम्रो छालामा एउटा सानो ग्रन्थि हुन्छ जसलाई ‘सबासियस ग्रन्थि’ भनिन्छ। यस ग्रन्थिले कपालमा चिल्लोपना ल्याउनको लागि ‘सेबम’ नामक चिल्लो पदार्थ पैदा गराउँदछ।

यसरी पैदा भएको सेबमको मात्रा अत्याधिक हुन गएमा कपालको जरा र कपाल पलाउने प्वालमा टाँस्सिन जान्छ र कपाल उम्रनबाट रोक्दछ। फेरि अनुसन्धानबाट के देखिएको छ भन्दा, जनावरको मासु खाँदा हाम्रो शरीरमा यस्तो सेबमको पैदा हुने मात्रा बढ्दछ।

त्यसैले रातो फल मासु खान कम गरेमा सेबमको मात्रा घट्दछ र कुनै बाधा बिना नै कपाल पलाउँदछ।

८. बायोटिन

‘बायोटिन’ भनेको एक किसिमको फाइदाजनक भिटामिन हो, जुन हाम्रो पेटमा पाइन्छ र यसले कपाल उमार्नमा महत्वपूर्ण भूमीका खेलको हुन्छ । त्यसैले, यस्ता बायोटिन पाइने खानेकुराहरू जस्तै; गेडागुडी तथा खैरो भात नियमित खाँदा पनि हाम्रो कपाल झर्ने समस्यामा कमि हुँदै जान्छ।

कपाल कसरी झर्छ ? समस्याको उपचार के हुन् ?

१. कपाल कसरी झर्छ ?

कुनै पनि दिनमा १०० ओटा जति कपाल झर्ने गर्छ । यदि तपाईंको कपाल लामो छ र तीन दिनमा एक पटक नुहाउनु हुन्छ भने नुहाएर भ्याउंदा करिब ३०० जति कपाल बाथरूममा (बाथटबमा) देखिनुलाई सामान्य मान्नु पर्छ । यी झरेका कपालको जराबाट पुन कपाल पलाउन थाल्छ l तर कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउन थाल्ने हुन्छ ।

यो प्रक्रिया महिलामा भन्दा पुरुषमा पहिला देखिन्छ । प्राकृतिक रुपमा पुरुषमा यो प्रक्रिया २० बर्षमा शुरु हुन्छ भने महिलामा ३० बर्षमा शुरु हुन्छ । (प्राय) कपालको संख्या लगभग ५०% जति कम नहुदासम्म हामीलाई खासै चिन्ता महसुस हुदैन वा हामीले पत्तो पाउदैनौ । कपाल झर्ने कारण धेरै हुन सक्छन । ति कारणहरुलाई मुख्यतय दुई भागमा विभाजित गरिन्छ ।

पहिलो scarring (कपालको जरा नष्ट भएको) र दोश्रो non-scarring (कपालको जरा नष्ट नभएको). Scarring निकै कमलाई हुने गर्छ र यस समस्याबाट कपाल झरिसकेको भए उपचार सम्भब छैन l लगभग ८०-९०% को non-scarring हुने गर्छ र यसको उपचार छ । यो पोस्टमा non-scarring को बारेमा मात्र लेख्नेछु । Non-scarring हुने कारणहरु धेरै छन् जस्तै:

Androgenetic (androgen हर्मोन र genes को कारण): (चित्र १ र २) यो बंशाणुगत हुने गर्छ । पुरुष र महिलाको टाउकोमा जहाँ androgen हर्मोनको receptor छ त्यहाँ यस हर्मोन (टेस्टसटरन –> DHT) ले बढी असर गर्छ र कपाल झर्छ ।

Alopecia areata (सिक्का जस्तो गोलो आकारमा ठाउँ ठाउँमा कपाल खुइलिने समस्या): (चित्रमा #३) शरीरको प्रतिरक्षा प्रणाली (immune system) ले आफ्नै शरीरको कोष (कपालको जराको कोष) मा आक्रमण गर्दा यो रोग निम्तिएको हो ।

Telogen effluvium (शरीरको हर्मोन, औषधि, रगतको कमि, life stress, iron को कमि, पौष्टिक आहारको कमि, सुत्केरी अवस्था आदिको कारणले केहि महिना कपाल झर्ने समस्या) Trichotillomania (आँफै कपाल तानेर झार्ने । बिभिन्न खालको मानसिक समस्यामा हुने): आत्तिएको बेला, टोलाएको बेला वा मनमा चिन्ता परेको बेला आँफुलाई थाह भएर वा नभईकन कपाल तान्ने समस्या ।

२. कपाल झर्ने समस्याको उपचार के हुन्?

कपाल झर्ने प्रक्रिया प्राकृतिक हुनाले कपाल झर्न सम्पूर्ण रुपमा रोक्न सकिन्न । औषधिहरुले मुख्यगरी दुई किसिमले काम गर्छ (एक) कपाल झर्न कम गर्ने, (दुई) जरा जिउँदो रहेको तर कपाल उम्रन छाडेकोलाई फेरी सक्रिय बनाउने । तल बताईएका औषधि र बिधिहरु जति छिटो शुरु गर्यो उतिनै राम्रो परिणाम देखिन्छ । अर्थात् टाउको टक्लु हुनु अघि नै शुरु गर्दा राम्रो हुन्छ ।

यदि अचानक टाउकाको बाहेक आँखी भौं र शरीरको अन्य भागमा पनि रौँहरु एकै पटक झर्न शुरु गरेको छ भने पहिला Biotin vitamin शुरु गर्ने । १ महिना दिनहु खाँदा झर्न रोकिएन भने तुरुन्त डाक्टरकोमा जाने । झर्न रोकियो भने ३-४ महिना थप खाने । टाउको चिलाउने पनि गर्छ भने तुरुन्तै डाक्टरकोमा जाने । Biotin खाँदै गर्दा रगतमा अन्य केहि कुराको पनि कमि छ कि भनेर जांच गर्दा राम्रो हुन्छ ।

Androgenetic hair loss को लागि पहिला Minoxidil foam ५% (Rogaine brand अमेरिकामा हुनुहुन्छ भने) दिनको एक पटक कपालमा लगाउने । यसले कपाल थप झर्नबाट रोक्छ र केहि मात्रामा कपाल बढ्न सक्छ । Minoxidil संगै वा छुट्टै Finasteride औषधि खान सकिन्छ । यो औषधि पुरुषको लागि मात्र हो । डाक्टरको prescription बिना खानु हुँदैन र महिलाले खानै हुँदैन (फेरी दोहोर्याउँछु, महिलाले finasteride खान हुँदैन) । माथि भनिएको औषधि ४-५ महिना प्रयोग गर्दा कुनै राम्रो परिणाम नभेटिए Laser Energy प्रयोग गर्न सकिन्छ ।

हप्ताको २ दिन घरमै वा डाक्टरको अफिसमा गएर यो laser प्रयोग गर्न सकिन्छ । (नेपालमा यो प्रबिधि सजिलै उपलब्ध छ छैन मलाई थाह भएन) । लामो समयसम्म कपाल उम्रन छाडेको तर नमरेको जरालाई laser energy ले पुन सक्रिय बनाउछ । विदेशतिर हाम्रो शरीरको आफ्नै रगतबाट platelet (रगतको एक तत्व) छुट्याएर निकालिएको platelet rich plasma कपालको जरामा सुईद्वारा लगाईन्छ जसले कपाल उम्रन छाडेको जराबाट पुन कपाल पलाउन थाल्छ । यसो गर्दा पनि भएन भने hair transplant गर्न सकिन्छ ।

Alopecia areata को लागि Triamcinolone, Cyclosporone, Anthralin जस्ता लगाउने औषधि प्रयोग गर्नु पर्छ । अन्य खाने औषधि र लगाउने इन्जेक्सनहरु पनि हुन्छन । यी सबै औषधि डाक्टरको प्रत्यक्ष निगरानीमा प्रयोग गर्नु पर्दछ ।

Telogen effluvium को लागि पहिला कुन रोग वा अवस्थाको वा कुन तत्वको कमीले गर्दा भएको हो पत्ता लगाउनु पर्छ र त्यस कारक तत्वको उपचार गर्नु पर्छ । रोग पत्ता लगाउन रगत जांच गर्नु पर्छ । प्राय CBC, हर्मन (थाईरैड, टेस्टसटरोन) को मात्रा, ANA, Iron आदिको जांच गरिन्छ ।

अरु कसैलाई तपाईंको र कपाल झर्ने समस्या नभएको व्यक्तिको मुट्ठीले कपाल तान्न लगाउनुस । यदि तपाईंको धेरै निस्क्यो भने तपाईंलाई यो समस्या हुन सक्छ । सामान्यतय १० ओटा कपाल एकै पटक तान्दा १ भन्दा धेरै निस्कनु राम्रो होइन । ३ भन्दा धेरै निस्कियो र कपाल झर्ने समस्या भैरहेको छ भने तुरुन्त डाक्टरकोमा जानु पर्छ ।

— Trichotillomania छ भने psychiatrist संग जंचाउन जानु पर्छ ।

३. के तातो पानीले नुहाउंदा कपाल झर्छ?

चिसो पानी र चिसो मौशम हुने ठाउँमा भन्दा तातो पानी र तातो हावा हुने ठाउँमा कपाल धेरै झर्न सक्छ तर यसरी झरेको कपाल पुन उम्रिन्छ । तातो पानीले नुहाउन रोक्नु पर्दैन ।

४. खाडीमा आएकाको धेरैको कपाल झर्ने गर्छ कारण के होला?

कपाल झर्न शुरु हुने उमेर र खाडी जाने उमेर लगभग उही हुने हुनाले नेपाल हुँदा नझरेको तर त्यहाँ गएपछि धेरै झर्न शुरु भएको महसुस हुन सक्छ । खाडीको तातो हावा पानी नेपालको पहाडी क्षेत्र भन्दा हल्का फरक हुँदा सामान्य रुपमा झर्ने कपाल अलि छिटो झर्ने पनि गर्छ । तातो हावा पानी भएकै कारण झरेको भए पुन पलाउँछ । अन्य कारण हो भने माथि #२ मा भनेको जस्तो गर्नु पर्छ ।

५. के खुइली सकेको तालुमा पनि hair transplant गर्न मिल्छ ।

धेरैको मिल्छ र transplant गरेको मध्ये धेरै कपालहरु बर्षौं सम्म रहन्छ । यसरी transplant गर्ने रौँ (चित्र #१ हेर्नुस) आफ्नै टाउकाको कान भन्दा ठिक माथि र टाउकाको पछाडी तिर बाट निकालेर तालुमा वा अगाडी transplant गरिन्छ । आफ्नै शरीरको रौँको जरा हुनाले transplant गरेपछि शरीरले कुनै reaction देखाउंदैन र reaction हुन

 
 
  
 

You may also like