बुटवलमा लकडाउन र सामाजिक दुरीको अवस्था कहाली लाग्दो पछिल्लो समय केही चहलपहल वढ्दै

  • नारायण वली

बुटवल ।सरकारले महामारी कोरोना भाईरसको प्रकोप वाट वच्नलाई गरेको लकडाउन पछिल्लो समय दुई दिन यता बुटवलमा भने केही चहलपहल वढेको पाईएको छ । अन्य दिनमा दिउँसोमा कडाई गरिएको भएपनि तर दुई दिन यता भने दिनभर साना तथा ठुला सवारी साधन एंव मानिसहरुको चहलपहल वढेको पाईएको हो ।

बुटवलमा मंगलवार सवारी र मानिसहरुको हिजो भन्दा केही वढेको देखिएको थियो । त्यस्तै मासु पसल र कस्मेटिक लगायतका पसलहरु खुल्दा समेत यहाँको स्थानिय प्रशासनले लकडाउनलाई व्यवस्थित गर्न सकेको छैन् । सडकमा सुरक्षाकर्मीहरुको संख्या झन पछि झन पात्लिदै गएको पाईएको छ ।

त्यस्तै मंगलवार बुटवलमा रहेको स्ट्याण्डर्ड चार्टर्ड वैंकमा देखिएको मानिसहरुको लाईनमा कुनै पनि सामाजिक दुरी कायम नगरी मानिसहरुको वाक्लो भिड लागेको थियो । यस्तै पुर्वपश्चिम राजमार्ग एंव भित्रि सडकहरुमा निकै चहलपहल वढ्दै गएको छ ।

 
 
  
 

You may also like