कोरोनाका कारण नेदरल्यान्डमा एक नेपालीको मृत्यु

काठमाडौं। नेदरल्यान्डको एमस्टर्डम बस्ने एक नेपाली महिलाको कोरोना भाइरसका कारण शनिबार निधन भएको छ। ३४ वर्षीय ती महिलाको कोरोना भाइरसका कारण एम्सटर्डमको अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि उनी केही दिन अघि अस्पताल भर्ना भएकी थिइन्। उनको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो।

यो सँगै कोरोना भाइरसका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या विदेशमा मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ। यसअघि नै विदेशका विभिन्न स्थानमा बस्दै आएका १७ जनाको मृत्यु कोरोना संक्रमणकै कारण भइसकेको छ।

एनआरएनए तथा विभिन्न मुलुकका स्थानीय सञ्चारमाध्यमका अनुसार बेलायतमा १०, अमेरिकामा ६ र युएईमा १ जना नेपालीको कोरोनाका कारण मृत्यु भएकाे हो।

 
 
  
 

You may also like