‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ को उपाधि विभश र रचनालाई

by समतल अनलाइन

काठमाडौँ। शुक्रबार म्युजिक सिटी हल बालकुमारीमा, काठमाडौमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ को उपाधि विभश कार्की र रचना सिटौलाले जितेका छन् । एउटै मञ्चमा ‘मिस्टर एन्ड मिस नेपाल टिन २०१९’ आयोजना भएको थियो । ’मिस नेपाल टिन २०१९’ को उपाधि जितेकी रचना सिटौलाले नेपाललाई मेक्सिकोमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन युनिभर्षमा प्रतिनिधित्व गर्नेछिन् साथै ३० हजार नगद पुरस्कार, ट्रफी साथै उनले मिस ट्यालेन्ट तथा ब्युटि विथ परपसको उपविधा प्राप्त गरेकी छिन् । यस्तै, यो प्रतियोगीतामा फस्ट रनरअप श्रुति महर्जन बनिन् उनले मिस बेस्ट ड्रेस र बेस्ट फिगर उपविधा हात पारिन् र सेकेन्ड रनरअप सिद्दिका भट्टराईले मिस बेस्ट स्किनको उपाधि जित्न सफल भइन्।

‘मिस्टर नेपाल टिन २०१९’को उपाधिसँगै विभश कार्कीले मिस्ट टिन टुरिजममा प्रतिनिधित्व गर्नेछन्, ३० हजार नगद पुरस्कार र ट्रफी समेत प्राप्त गरेका छन् । उनले मिस्टर ट्यालेन्ट अवाई पनि हात पारेका थिए। यस्तै, ‘मिस्टर नेपाल टिन २०१९’ को फस्ट रनरअप विवेक गौतम र सेकेन्ड रनरअप दिक्षेन कोइराला भएका छन् ।
किशोर–किशोरीको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगीता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा अभ्यानी प्रोडक्सनका म्यानेजिग डाइरेकटर संजोग राज सिल्वालले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि पुर्व आईजिपी तथा नेपाल ओल्मपिक कमिटिका पुर्व अध्यक्ष धुर्व बहादुर प्रधान थिए मुख्य अतिथि राप्रपाका पुर्व प्रवक्ता गोविन्दराज खनिया हुनुहुन्थ्यो भने निर्णायकको भुमिकामा मिस्टर नेपाल वरड्ड विकल्प राज श्रेष्ठ, मिस प्लानेट ईनटरनेसनल कि राष्ट्रिय डाइरेकटर मोहना मोथे खनाल, नेपाल टेलिभिजनकी प्रोड्युसर निता सापकोटा ,युथ आइकन दिवस खनिया र फेसन डिजाइनर रोविन परियार रहेका थिए। प्रतियोगिकाको कोरियोग्राफर रोजिन शाक्य थिए र सहयोगी भूमिका र कार्यक्रमको असिस्ट कोरियोग्राफरको रुपमा पवन आचार्य रहेका थिए। प्रतियोगीको मुख्य ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित थिइन र फोटोग्राफी पार्टनरको रुपमा नेपवेड्स र मेकअप पार्टनर फेसिनेटेड ब्युटि ट्रेनिड स्कुल रहेको थियो भने कार्यक्रमको अध्यक्षता अभ्यानी प्रोडक्सन सिइओ अभिविन्द खनियाले गर्नुभएको थियो।

 
 
  
 

You may also like