चितवनमा प्रहरी र रवि समर्थकबीच झडप

by समतल अनलाइन

काठमाडौंं । चितवनमा प्रहरी र टेलिभजन प्रस्तोता रवि लामिछानेका समर्थकबीच झडप भएको छ । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । तीनै जनालाई अदालतबाट फेरि प्रहरी हिरासतमा लैजाने क्रममा प्रदर्शनकारी प्रहरीमाथि खनिएका थिए ।

 
 
  
 

You may also like