लोकतन्त्रको रक्षा काँग्रेसको काँधमा : सचेतक खाँड

by समतल अनलाइन

लुम्बिनी । देश संघिय गण तन्त्र तथा समबृद्धिको दिशामा अघि बढीरहेको बेला नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँडले मुलुकलाई कम्युनिष्ट तानाशाहबाट बचाउन काँग्रेसको काँधमा भएको छ ।

सो कुरा उनले रुपन्देहीको निर्बाचन क्षेत्र नं. ५ स्थित लुम्बिनीमा आयोजित ईस्लामधर्मालम्बी मुसलमानहरुको महान चाँड ईदबकरीद शुभकामना आदानप्रदान समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।

काँग्रेस नेता खाँडले रक्षा,सञ्चार,भूमिनीति बिधयेक मार्फत कम्युनिष्ट सरकार तानाशाह बन्दै गएको हुदा कम्युनिष्ट तानाशाह बिरुद्ध काँग्रेस कार्यकर्ताहरुलाई प्रतिष्पर्धामा उत्रिन र लोक तन्त्रको रक्षाको निम्ती कार्यक्राकालाइ आहवान गरे ।

राणा बिरोधी आन्दोलन देखि पंचायती शाषनकाल सम्म काँग्रेसले नै गुमेको लोकतन्त्र जनता समक्ष फिर्ता ल्याएको हुदा कम्युनिष्ट तानाशाहबाट पनि मुलुकलाई काँग्रेसले नै बचाउछ उनले भने ।

कार्यक्रममा लेखासमिती सभापति साँसद भरत कुमार शाहले चप्पल लगाएर सँसदमा छिरेका कम्युनिष्ट नामधारी कमाउनिष्ट नेताहरुको लेखाजोखा आफूसग भएको हुदा जनता समक्ष राखेर हिसाब किताब माँग्ने चेतावनी समेत दिए ।

साँसद शाहले आफनो निर्बाचन क्षेत्र पर्यटकीय गंतब्य स्थल लुम्बिनी सँग जोडन कृषि र सडक बिस्तारमा ध्यान केन्द्रित गरि द्रुत गतिमा फायर लाईन,हुलाकीमार्ग र कंचनबाँध लगायत पूर्बाधार निर्माण भईरहेको जानकारी गराए ।

सो अवसरमा मनोनीत साँसद दुर्गाप्रसाद उपाध्याय ,बिधायक फकरुद्दीन मुसलमान , पूर्बमन्त्री अब्दुल रज्जाक मुसलमान लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

 
 
  
 

You may also like