अग्लुङ्ग-बुटवलले गर्यो ट्राफिक प्रहरीलाई सहयोग

विवश विष्ट
बुटवल।अग्लुङ्ग-बुटवल सम्पर्क अभियानले ट्राफिक प्रहरीलाई पानी,जुस तथा सेनिटाइजर वितरण गरेको छ । बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरीहरुलाई पानी,जुस तथा सेनिटाइजर वितरण गरेको हो।

शनिवार बुटवलको चौराहा देखि गोलपार्क सम्म रहेका ४०-५० जना प्रहरीहरुलाई माक्स,शुद्ध खानेपानी, जुस तथा खानेकुराहरु चाउचाउ,बिस्कुट लगायतका सामाग्री वितरण गरिएको छ। जनतालाई कोरोना भाइरसबाट बचाउन लागिरहेका प्रहरीलाई कोरोना नलागोस साथै भएका भाइरसलाई निर्मुल पार्नका लागि सेनेटाइजर लगाइएको संस्थाका महासचिव सुमन खत्रीले जानकारी दिए।

विश्वव्यापी संकटमा रहेको कोरोना भाइरस कोभिड १९ नियन्त्रण तथा नेपाल सरकारले घोषणा गरेको लकडाउन सफल पार्न खटिएका प्रहरीहरुलाई सम्मान गर्दै यी सामाग्री वितरण गरेको अध्यक्ष विक्रमबाबू विश्वकर्माले बताए। जनताकै जीवन रक्षाका लागि यो गर्मी समयमा खटिएका नेपाल प्रहरीलाई उच्च सम्मान गर्दै उहाँहरुको भावनालाई बुझ्दै संस्थाले गर्ने समाजसेवा स्वरुप यो कार्यक्रम गरिएको उनले बताए।

 
 
  
 

You may also like