विद्यालयलाई पढाउने नयाँ तरिका खोज्दै सरकार

काठमाडौं । लकडाउनको समय लम्बिँदै छ । विद्यालयहरु बन्द छन् । विद्यार्थीहरु घरघरमा थुनिएका छन् ।यसको प्रभाव विद्यार्थीको पढाइमा देखिएको छ । यही अवस्थामा सरकारले रेडियो, टेलिभिजन, विभिन्न सामाजिक सञ्जाललगायतका माध्यमबाट पठनपाठन गराउने तयारी गरेको छ ।

कक्षा कोठामा गएर सिक्ने, सिकाउने अवस्था नभएमा सिकाइलाई निरन्तरता दिन के गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो ।

लकडाउनको समयावधि लम्बिए वैकल्पिक व्यवस्था गर्ने तयारी भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए । लकडाउन कहिलेसम्म रहन्छ भन्ने यकिन नभएपछि मन्त्रालयले पढ्ने–पढाउने वैकल्पिक विधि खोज्न लागेको हो ।

सिकाइका त्यस्ता विधिबारे जानकार जनशक्ति सरकारसँग रहेको पनि केन्द्रले जनाएको छ ।

 

 
 
  
 

You may also like