मदानेमा गरियो २१ बेडको क्वारेन्टाइन स्थापना।

विवश विष्ट
गुल्मी।बिश्वब्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित जोखिम न्यूनीकरणका लागि मदाने गाउपालिकामा २१ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ।

कोरोना भाइरसको बढ्दो जोखिम बढ्दो क्रममा भएकोले मदाने गाउँपालिकामा क्वारेन्टाइनको स्थापना गरिएको हो। मदाने गाउपालिकाको कार्यालय पुर्कोटदहमा ११ बेड र मदाने गाउपालिका वडा न.१ अग्लुङ्गमा १० बेडको क्वारेन्टाइन स्थापना गरिएको छ। गाउपालिकाको क्वारेन्टाइनमा १ जना भर्ना गरिएको र वडा न.१ को क्वारेन्टाइनमा अझैसम्म भर्ना नगरिएको वडा न.१ का वडा अध्यक्ष प्रेम चन्द बोहराले जानकारी दिनुभयो।

कोरोनाको संभावित संक्रमित नियन्त्रणका लागि देशभर लकडाउनको समय लम्बिदै गर्दा यस गाउपालिकामा पनि कार्वान्वयन भएको मदाने गाउपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो। “संक्रमणको सुरुवाति चरणमा यश गाउपालिका बाहिरबाट आउनेलाई होम क्वारेन्टाइनमा बस्न,कसैसँग लसपस नगर्न आग्रह गरिएको थियो। त्यससँग हेलप डेस्कको स्थापना गरि यसबारे सचेतना दिइएको थियो।” उहाँले भन्नुभयो।

दिनभर काम गरि जीवन निर्वाह गर्ने गरिब तथा विपन्न परिवारका लागि मदाने गाउपालिकाले राहत कोषको स्थापना गरेको छ। गरिब तथा विपन्न घरपरिवारलाई राहातका अत्यावश्यक सामान वितरणका लागि डाटा संकलन भैरहेको छ अब छिट्टै वितरण गर्ने बताइएको छ। देशभर कालोबजारी मौलाइरहेको अवस्थामा यस गाउपालिकाको अनुगमन टोलीले अनुगमन गरिरहेको छ त्यस्तो कुनै कालोबजारी नभएको उपाध्यक्ष खड्काले बताउनुभयो। यसको लागि प्रहरी सँग पनि समन्वय गरि प्रत्येक गाउगाउ खटाइएको छ। वडा न.१ को लागि भने प्युठानसँग समन्वय गरिएकोले प्युठानका प्रहरीबाट पनि सहयोग मिल्ने उहाले बताउनुभयो।

 
 
  
 

You may also like