जन्मदिनमा वडाअध्यक्षद्वारा खाद्य र स्वास्थ्य सामाग्रीका लागि १५ हजार सहयोग

अर्जुन खत्री
फर्साटिकर। रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा न :४ का वडाअध्यक्ष राजेन्द्र कँडेलले आफ्नो जन्मदिनको अवसरमा गाउपालिकाको बिपत ब्यवस्थापन समितीमार्फत असहाय,ज्याला मजदुरी गर्ने बिपन्न परिवारलाई खाद्यान्न र स्वास्थकर्मीहरुका लागि चाहिने आवश्यक स्वास्थ सामाग्री खरिदका लागि१५ हजार सहयोग गर्नुभएको छ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले देश लकडाउन भएको बेला दैनिक ज्याला मजदुरी गरेर छाक टारिरहेका त्यस्ता परिवारलाई यो समयमा छाक टार्नका लागि कुनै समस्या नहोस भनी र स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि गाउपालिकाले बनाएको एकद्वार प्रणालीलाई मध्यनजर गर्दै गाउँपालिका मार्फत सहयोग गरेको वडाअध्यक्ष एंव गाउँपालिका प्रवक्ता कँडेलले बताउनुभयो ।

राजनीतीसंगै समाज सेवामा सक्रिय रहेका कडेँलले असहाय,बिपन्न परिवारलाई खाद्य सामाग्रीका लागि १० हजार र स्वास्थ्य सामाग्री खरिद गर्न ५ हजार सहयोग गर्न पाएकोमा खूसी लागेको बताउदै आफु सधै सामाजिक उत्तरदायित्व बहन गर्दै समाज परिवर्तन गर्न आफू बाटै सुरुवात गर्नु पर्ने बताउनुभएको छ।

 
 
  
 

You may also like