गुल्मी धुर्कोटका बिपन्न परिबारलाई गाउपालिकाद्वारा राहत सामग्री वितरण

हरि पाठक
गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । मंगलबार वडा नं. ७ का अति विपन्न परिवारका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री वडाका ६० घरमा २५ किलो चामल, ५ केजी आलु, १ पोका तेल, १ किलो नुन लगायतका खाद्यान्न वितरण गरिएको हो ।

राहत सामाग्री वितरण गर्दै गाउपालिका अध्यक्ष भुपाल पोख्रेलले कोरोना भाइरस अर्थात कोभिड-१९ को प्रभावले आफ्नो परिबामा दैनिकी सञ्चालनमा कठिन परेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका ब्यक्ति तथा अति विपन्न परिवारहरूलाई पहिलो चरणमा राहत वितरण गरिएको वताउनुभयो ।

गाउँपालिकाले लक डाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिब तथा विपन्न परिबार र मजदुरहरुको लगत संकलन गरि दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गरेको छ।

दैनिक ज्यालादारीमा काम गर्दै अाएका सामान्य गुजारा चलाउने श्रमजीवी तथा दैनिकी परिबार चलाउन अर्थात खानपिनमा समस्या हुने विपन्न परिवार वर्गहरूको लगत संकलन गरेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले ७ नम्बर वडामा पहिलो चरणमा अति विपन्न परिबारलाई र दोस्रो चरणमा अन्य विपन्नलाई राहात सामाग्री वितरण गर्ने वताउनुभयो ।

त्यस्तै उपाध्यक्ष शिव बहादुर खत्रीले गाउँपालिकाको विपद व्यवस्थापन तथा राहत कोष मार्फत हरेक वडामा रहेका बिपन्न परिबारलाई राहत वितरण गरिने बताउदै राहत कोषमा सबैलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

दैनिकी छाक टार्न पनि कठिन परिरहेका बेला स्थानीय सरकारको यो राहतबाट अति विपन्न परिवारका नागरिकहरू खुसी भएका छन ।

राहत सामाग्री वितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा नं. ७ का वडा अध्यक्ष हिम प्रसाद पन्थी लगायत विभिन्न क्षेत्रका सरोकारवाला सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

गाउँपाकिकाले केही दिन पहिले देखि विपद व्यवस्थापन तथा राहत कोष खडा गरि सहयोगको अपिल गर्दै अाइरहेको छ भने राहतस्वरूप सहयोगको लागि अहिलेसम्म पाँच लाख भन्दा बढी रकमसहित खाद्यान्न सामाग्री पनि संकलन भइरहेको गाउपालिकाले जनाएको छ।

 
 
  
 

You may also like