कोभिड १९ : कोरोना कोषलाई पूर्व राजा ज्ञानेन्द्र शाहले २ करोड दिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषलाई दुई करोड दिने भएका छन् ।

उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

उनले मंगलबार एक प्रेस वक्तव्य जारी गरी २ करोड सहयोग गर्ने घोषणा गरेका हुन्,

‘दुःख(कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं’ उनले भनेका छन् ।

 
 
  
 

You may also like