सहर्ष सहकारीबाट शुद्धोधन २ मा राहत वितरण

अर्जुन खत्री
फर्साटिकर। विश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले देश लकडाउनमा छ। लकडाउनले दैनिक हातमुख जोर्न गाह्रो भएका अति बिपन्न परिवारहरुलाई रुपन्देहीको शुद्धोधन गाउपालिका वडा न :२ मा रहेको सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले
राहत वितरण गरेको छ।


सहकारीले शुद्धोधन वडा न:२ मा रहेको कलुवा खैरेनी टोलमा ६० घर परिवारलाई प्रत्येक परिवारलाई ८ के जि दरले नुन ,तेल,दाल तथा जम्मा ४५० थान माक्स वितरण गरिएको हो।


वितरण कार्यक्रममा सहकारीका अध्यक्ष कमल श्रीस , लेखा समिती संयोजक खिमानन्द भुसाल , सदस्य किरण नेपाल , ब्यबस्थापक हुम बहादुर के सि , डा. मिलन के सि लगायतले मन्तव्य ब्यक्त राख्दै सहकारीले सधै सामाजिक उत्तरदायित्व बहन गर्दै निरन्तर समाजका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका थिए भने कार्यक्रमको सन्चालन सस्थाका सचिब देवराज पौडेलले गर्नुभएको थियोे ।

 
 
  
 

You may also like