म्प आफैले भने, ‘कोरोनाबाट अमेरिकामा दुई लाख जतिको ज्यान जान सक्छ’

वासिङटन । अमेरिकामा आगोझै कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट यहाँ दुई जतिको ज्यान जानसक्ने बताएका छन् ।

ट्रम्पले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोरोनाबाट अमेरिकामा धेरैले ज्यान गुमाउने सम्भावना रहेको बताएका हुन् । ट्रम्प अगाडि अमेरिकी सरकारका एक जना अग्रणी विज्ञले कोरोना भाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौं लाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एक व्यक्तिर सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतबार नै त्यस्तो बताएका थिए । डाक्टर एन्थोनी फाउची अमेरिकाका मुख्य सरुवारोग विशेषज्ञ मानिन्छन् ।

सोमबारसम्म अमेरिकामा १ लाख ४२ हजार ७३५ कोरोना संक्रमित छन् । त्यहाँ दुई हजार ४८८ व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकामा गएको दुई दिनमा मृतकको संख्या दोब्बरले बढेपछि डा. फाउचीको पछिल्लो भनाइ आएको थियो ।

शनिबार ट्रम्पले डा. एन्थोनी फाउचीको अनुसन्धानमा सहमति जनाउँदै अमेरिकामा धेरैले ज्यान गुमाउने जानकारी दिएका हुन् । यद्यपी ट्रम्पले अमेरिकामा सबैले कोरोना भाइरसविरुद्ध उल्लेखनीय काम गरिरहेको बताएका छन् ।

अमेरिकामा अहिले सबैभन्दा ठूलो चिन्ता भेन्टिलेटरको अपर्याप्त व्यवस्थालाई लिएर भइरहेको छ । अमेरिकाका आधाजसो सङ्क्रमित न्यूयोर्क राज्यमा छन् । ट्रम्पले आउँदा दुई सातामा मृत्युदरको उच्च विन्दू पुग्ने भएकाले सरकारी मार्गदर्शनहरू विस्तारित गरिएको बताएका छन् । जसमा उच्च प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यका मानिसहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न भनिएको छ । एजेन्सी

 
 
  
 

You may also like