स्पेनमा बस्दै आएका ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । स्पेनमा बस्दै आएका चार नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका भएको बताइएको छ ।

संक्रमित भएका ४ जना ब्यक्तिहरु पुरुष भएपनि उनिहरुको विवरण खुलाइएको छैन ।

नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि स्पेनस्थित नेपाली दूतावासले समन्वय थालेको राजदूत दावाफुटी शेर्पाले जानकारी दिएकी छन् ।

 
 
  
 

You may also like