कपिलवस्तुमा पोखरी डुबेर दुई जनाको मृत्यु

कपिलवस्तु । पोखरीमा डुबेर कपिलवस्तुकाे एकै घरका २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ८ पुर्व वेलहवा तबरेज धुनियाका १२ वर्षीय छोरा सलमान धुनिया र उनका भाई १० वर्षीय अरमान धुनिया रहेका छन् ।

मृतक दुई भाईका शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । पोखरी छेउमा खेल्दै गर्दा भाई अरमान पोखरीमा डुबे पछि भाईलार्ई बचाउन खोज्दा दाजु सलमान पनि डुबेको हुन सक्ने स्थानीय शारुल्लाह मुसलमानले बताए ।

पोखरी किनारमा गहिरो गरी खनेको खाडलमा जमेकाे पानीमा उनिहरु डुबेकाे स्थानियले जनाएका छन् । मृतक दुई भाईको शव पोखरी किनारमा भासिएको अवस्थामा थियो । गाउंलेहरु आएर केही बेर खोजे पछि मात्रै भासिएर जमिन मुनी गडेको अवस्थामा दुई भाईको शव निकालेका थिए । गाउंका २ बालकहरुको मृत्युको खबरले कपिलवस्तु नगरपालिका वडा नं. ८ को पुर्वी वेलहवा गाउं शोकमा डुबेको छ ।

शोकको यस घडीमा आफ्नो पूर्ण सहानुभति रहेको र मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जन प्रति वडा अध्यक्ष शिव प्रसाद पाण्डेयले समवेदना प्रकट गरेका छन् । पिडित परिवारजन प्रति आफुले सक्दो सहयोग गर्ने वडा अध्यक्ष पाण्डेयले बताए ।

 
 
  
 

You may also like