तिलोत्तमाका जनप्रतिनिधि द्वारा मजदुरका ढोकामै खाद्यान्न पुर्याउदै

तिलोत्तमा। दैनिक आम्दानीको आडमा जिविकोपार्जन गर्ने समूदायनै यतीबेला देशव्यापी लकडाउनका कारण साँझ-विहान ‘के खाउँ’ को अवस्थामा छन् । दिनभर मजदुरी गरेर साँझ छाक टार्ने समूदायहरुलाई लक्षीत गरेर उनिहरुको भोक मेटाउन यतीबेला राहतको खाँचो देखिएको छ । संघीय तथा प्रदेश सरकारले ठूला राहतका कार्यक्रम घोषणा गर्न नसके पनि केही स्थानिय सरकारहरुले आफैं त्यस्ता राहतका कार्यक्रम सञ्चालन गरेका छन् ।

यसैबिच रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित भएका नगरभित्रका दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने समुदायलाई लक्षित गरी राहत सामग्री वितरण गर्न सुरु गरेको छ । शुक्रबार विहानैदेखि मजदुरका घर–घरमा गई राहत वितरण गर्न सुरु गरिएको हो ।

लकडाउनका कारण दैनिक खान नपाउने नगरपालिकाका करिब २ हजार जना मजदुरहरुलाई यस्तो राहत वितरण गर्ने छ । पहिलो चरणमा शुक्रबार साँझबिहानको छाक टार्न समस्या भएका प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराइएको छ ।

नगरपालिकाले टोल विकास संस्थाको सिफारिसमा उक्त राहत उपलब्ध गराईरहेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

नगरप्रमुख वासुदेव घिमिरेले विहिबार नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका काण कुनैे पनि नगरवासी भोक-भोकै मर्नु नपर्ने बताउदैं राहत प्याकेजको घोषणा गरेका थिए । उक्त घोषणा लगत्तै नगर उपप्रमुख जागेश्वरीको नेतृत्वमा एक समितिको गठन गरेर राहत वितरणको काम अगाडी बढाईएको हो ।

शुक्रबार विहानैदेखि नगरप्रमुख घिमिरे र उपप्रमुख चौधरीले घरघरमा गई खाद्यान्न वितरण गरेका छन् । नगरपालिकाले मात्रै गरेरमात्रै नहुने भएकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहिया निर्वाह गर्न नगरप्रमुख घिमिरेको आग्रह छ ।

महामारी व्यवस्थापनका लागि एक करोडको कोष

नगरपालिकाले कोरोना महामारीको सम्भावित जोखिम व्यवस्थापनका लागि एक करोड रुपैंयाको कोष स्थापना गरेको छ । कोषमा नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार रुपैंयाँ र उपप्रमुख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैंयाँ योगदान गरेका छन् ।

त्यस्तै नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्नेछनत् । हाल प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैंयाँ मौजुदा रहेकोमा थप २० लाखरुपैंया जुटाएर १ करोड रुपैयाँ पु¥याउने नगरपालिकाको लक्ष्य छ ।

हालसम्म केही विद्यालय, समाजसेवी तथा संघसंस्थाहरुले कोषमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् । नगरपालिकाले पनि एनआइसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए । प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उनले प्रष्टाए ।

यतिबेला कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने घोषणा गरेको छ ।

 
 
  
 

You may also like